५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

जसपा नेपाल टुक्रियो, श्रेष्ठसहित ६ नेता नेकपासँग एकीकरणमा

जसपा नेपाल टुक्रियो, श्रेष्ठसहित ६ नेता नेकपासँग एकीकरणमा
अ+ अ-

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रूपमा टुक्रिएको छ।

पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठसहित शीर्षस्थ ६ नेताले आफूहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकीकरण प्रक्रिया अघि बढाउने घोषणा गरेका छन्।

नेकपासँग एकीकरणतर्फ उन्मुख हुने निर्णयसँगै श्रेष्ठसँगै उपाध्यक्ष रणध्वज लिम्बु, परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणि देवान, विज्ञ परिषद्का अध्यक्ष डा.पुष्पराज राजकर्णिकार र अनुशासन आयोगका अध्यक्ष कृष्ण बहादुर घजुले जसपाका सबै पदीय जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन्।

यी नेताहरूले पार्टी अध्यक्ष अशोक राईलाई औपचारिक रूपमा पत्रमार्फत आफ्नो निर्णयबारे जानकारी गराइसकेका छन्।

श्रेष्ठ समूहले जसपा–नेकपा एकीकरण र वाम ध्रुवीकरणका लागि कदम अघि बढाउने बताएको छ। यससँगै जसपाभित्र लामो समयदेखि देखिँदै आएको आन्तरिक मतभेद खुलेर बाहिरिएको छ।