काठमाडौं । पत्रकार तथा ‘रेडियो अडियो’ का संस्थापक दिपेन्द्र खनिया आफ्नै बानेश्वरस्थित निवासमा मृत फेला परेका छन् ।
प्रारम्भिक रूपमा उनले आत्महत्या गरेको आशंका गरिएको छ भने घटनाको विस्तृत कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
आवश्यक कानुनी प्रक्रिया सकेर शव पोस्टमार्टमका लागि अस्पताल पठाउन लागिएको प्रहरीले बताएको छ ।
खनिया रेडियो पत्रकारितामा स्थापित नाम मानिन्छन्। उनी एक छोरी र श्रीमतीसहित बानेश्वरमै बस्दै आएका थिए।
उनका दाजु रवीन्द्र खनियाको भने २०६५ सालमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो।
रेडियो सगरमाथा, कम्युनिकेशन कर्नरलगायत संस्थामा काम गरेका खनियाले २०६३ सालदेखि हास्यव्यंग्य रेडियो कार्यक्रम सञ्चालन गर्दै आएका थिए।










