५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलसमेत रहेको संयुक्त इजलासमा उक्त रिटबारे विचार हुने जनाइएको छ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा प्रारम्भिक सुनुवाइ गर्दै उनलाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको थियो।

प्रहरीले मङ्सिर १ गते प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गर्दै आएको छ। आन्दोलन घोषणा गर्दै उत्तेजनापूर्ण अभिव्यक्ति दिएको र उनका गतिविधिले हिंसा भड्किन सक्ने सम्भावनाको विश्लेषणपछि पक्राउ गरिएको प्रहरीको दाबी छ।

प्रसाईंले मङ्सिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गर्दै यातायातसहित सबै क्षेत्र ठप्प पार्ने चेतावनी दिएका थिए। साथै देशको अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको एनपीएल (नेपाली प्रिमियर लिग) रोक्न क्यानका अधिकारीलाई समेत दबाबयुक्त चेतावनी दिएको भिडियो सार्वजनिक भएपछि यसले थप विवाद सिर्जना गरेको थियो।