१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनबारे प्रधानमन्त्री कार्कीको नागरिक समाजका अगुवाहरुसँग छलफल



अ+ अ-

आसन्न प्रतिनिधि सभा निर्वाचनबारे प्रधानमन्त्री सुशीला कार्कीले  नागरिक समाजका अगुवाहरूसँग छलफल गुर्नभएको छ ।

सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा प्रधानमन्त्री कार्कीले नागरिक अगुवाहरुसँग छलफल गरेको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । उहाँकाअनुसार घोषित मितिमा निर्वाचन सम्पन्न गर्नुका साथै मुलुकमा भ्रष्टाचार नियन्त्रणी गरी सुशासन कायम गर्न गम्भीर भएर लाग्न नागरिक अगुवाहरुले सुझाव दिएका छन् ।

उहाँले मुलुकमा व्याप्त भ्रष्टाचार अन्त्य गरी स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका निम्ति सहयोग गर्न नागरिक समाजले प्रतिवद्धता जनाएको समेत बताउनुभयो । उहाँका अनुसार छलफल प्रधानमन्त्री कार्की राजनीतिक जोखिम व्यवस्थापनसँगै प्रशासनिक तयारीका लागि समेत सरकार दृढ रहेको जवाफ फर्काउनुभएको थियो । प्रधानमन्त्री कार्कीले निर्वाचन आयोगको कार्यक्षमता बढाउन आयोगको नेतृत्वसँग निरन्तर संवाद गरिरहेको जानकारी गराएको पनि मन्त्री खरेलले बताउनु भयो ।

घोषित मितिमा निर्वाचन सम्पन्न गर्नको लागि उचित वातावरण बनाउन नागरिक अगुवाहरुले दिएको सुझावलाई प्रधानमन्त्री कार्कीले सकारात्मक रुपमा लिएको नागरिक समाजका प्रतिनिधि खगेन्द्र संग्रौलाले बताउनु भयो ।

छलफलमा नागरिक समाजका अगुवा प्रतिनिधिहरु इन्द्र अधिकारी, सुवोधराज प्याकुरेल, जेबी विश्वकर्मा, स्टेला तामाङ, विजयकान्त कर्ण, गीता शर्मा, दोभान राई लगायत हुनुहुन्थ्यो ।