९ आश्विन २०८१, बुधबार
,
Latest
रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वमन्त्री साह ‘टक्ला’ लाई सम्पत्ति शुद्धीकरण मुद्दामा ५ वर्ष जेल



अ+ अ-

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साह ‘टक्ला’लाई सम्पत्ति शुद्धीकरण मुद्दामा ५ वर्ष जेल सजाय तोकेको छ । १५ फागुनमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साहलाई दोषी पाएकोमा बिहीबार सम्पत्ति शुद्धीकरण मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएको हो । साहलाई भ्रष्टाचारमा चार वर्ष कैद सजाय तोकिएको थियो । न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सरुको इजलासले साहलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो । १५ फागुनमा भ्रष्टाचार मुद्दामा चार वर्ष कैद सजाय सुनाइएकोमा सम्पत्ति शुद्धीकरण मुद्दामा हुने सजायका लागि पेशी तोकिएको थियो ।

अदालतले साहले १९ करोड ४४ लाख ३८ हजार ९८३ रूपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको ठहर गर्दै त्यसलाई जफत गर्न र त्यति नै जरिवाना तिराउन आदेश दिएको थियो । त्यस्तै विशेष अदाललते साहले १४ करोड २५ लाख एक हजार ७१६ रूपैयाँ सम्पत्ति शुद्धीकरण गरेको पाएको थियो । विशेष अदालतले साहलाई विगोको दोब्बर रकम जरिवाना हुने फैसला गरेको छ । सम्पत्ति शुद्धिकरणमा दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानूनी व्यवस्था छ । फौजदारी कार्यविधि संहितामा तीन वर्ष भन्दा बढी सजाय हुनसक्ने कसूरमा सजाय निर्धारणका लागि एक महिनाभित्र छुट्टै सुनुवाई गर्नुपर्ने व्यवस्था छ ।

त्यसैअनुसार सम्पत्ति शुद्धिकरणमा समेत दोषी पाइएका साहलाई उक्त कसूरमा हुने सजाय विहिवार निर्धारण गरिएको हो । साहविरुद्ध २५ पुस २०७३ मा अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीविरुद्ध ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले अभियोग पत्र दायर गरेको थियो । अख्तियारले आठजनालाई प्रतिवादी बनाएको थियो । त्यस्तै १६ चैत २०७४ मा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३२ करोड चार लाख ५० हजार तीन सय चार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

विभागले सञ्जयका बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगिलाकुमारी साह, रामकुमार साहसहित १२ जनालाई प्रतिवादी बनाएको थियो । उनीहरूमध्ये रामकुमार साहलाई एक वर्ष ८ महिना कैद तथा बाँकीलाई दुई वर्ष ६ महिना कैद सजाय हुने विशेष अदालतको फैसला छ । जनकपुर बमकाण्डमासमेत मुछिएका साह कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा थुनामा छन् । पाँचजनाको मृत्यु हुने गरी गराइएको बम विस्फोटको योजनाकारका रूपमा जन्मकैदको फैसला भएको हो । सभासद् नै रहेका वेला २० वैशाख २०७१ मा उनी पक्राउ परेका थिए । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्दचोकमा बम विस्फोट भएको थियो । सौर्य दैनिक