६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

पूर्वमन्त्री साह ‘टक्ला’ लाई सम्पत्ति शुद्धीकरण मुद्दामा ५ वर्ष जेल

पूर्वमन्त्री साह ‘टक्ला’ लाई सम्पत्ति शुद्धीकरण मुद्दामा ५ वर्ष जेल
अ+ अ-

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री सञ्जयकुमार साह ‘टक्ला’लाई सम्पत्ति शुद्धीकरण मुद्दामा ५ वर्ष जेल सजाय तोकेको छ । १५ फागुनमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साहलाई दोषी पाएकोमा बिहीबार सम्पत्ति शुद्धीकरण मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएको हो । साहलाई भ्रष्टाचारमा चार वर्ष कैद सजाय तोकिएको थियो । न्यायाधीशहरू कृष्ण गिरी, शान्तिसिंह थापा र चन्द्रबहादुर सरुको इजलासले साहलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको हो । १५ फागुनमा भ्रष्टाचार मुद्दामा चार वर्ष कैद सजाय सुनाइएकोमा सम्पत्ति शुद्धीकरण मुद्दामा हुने सजायका लागि पेशी तोकिएको थियो ।

अदालतले साहले १९ करोड ४४ लाख ३८ हजार ९८३ रूपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको ठहर गर्दै त्यसलाई जफत गर्न र त्यति नै जरिवाना तिराउन आदेश दिएको थियो । त्यस्तै विशेष अदाललते साहले १४ करोड २५ लाख एक हजार ७१६ रूपैयाँ सम्पत्ति शुद्धीकरण गरेको पाएको थियो । विशेष अदालतले साहलाई विगोको दोब्बर रकम जरिवाना हुने फैसला गरेको छ । सम्पत्ति शुद्धिकरणमा दुई वर्षदेखि १० वर्षसम्म कैद सजाय हुनसक्ने कानूनी व्यवस्था छ । फौजदारी कार्यविधि संहितामा तीन वर्ष भन्दा बढी सजाय हुनसक्ने कसूरमा सजाय निर्धारणका लागि एक महिनाभित्र छुट्टै सुनुवाई गर्नुपर्ने व्यवस्था छ ।

त्यसैअनुसार सम्पत्ति शुद्धिकरणमा समेत दोषी पाइएका साहलाई उक्त कसूरमा हुने सजाय विहिवार निर्धारण गरिएको हो । साहविरुद्ध २५ पुस २०७३ मा अख्तियारले गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीविरुद्ध ३१ करोड ५० लाख २६ हजार पाँच सय ५९ रूपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै आयोगले अभियोग पत्र दायर गरेको थियो । अख्तियारले आठजनालाई प्रतिवादी बनाएको थियो । त्यस्तै १६ चैत २०७४ मा उनीविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ३२ करोड चार लाख ५० हजार तीन सय चार रूपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

विभागले सञ्जयका बाबु साधुसाह सुडी, आमा दुलारीदेवी साह, श्रीमती रंगिलाकुमारी साह, रामकुमार साहसहित १२ जनालाई प्रतिवादी बनाएको थियो । उनीहरूमध्ये रामकुमार साहलाई एक वर्ष ८ महिना कैद तथा बाँकीलाई दुई वर्ष ६ महिना कैद सजाय हुने विशेष अदालतको फैसला छ । जनकपुर बमकाण्डमासमेत मुछिएका साह कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा थुनामा छन् । पाँचजनाको मृत्यु हुने गरी गराइएको बम विस्फोटको योजनाकारका रूपमा जन्मकैदको फैसला भएको हो । सभासद् नै रहेका वेला २० वैशाख २०७१ मा उनी पक्राउ परेका थिए । १८ वैशाख २०६९ मा जनकपुरको रामानन्दचोकमा बम विस्फोट भएको थियो । सौर्य दैनिक