१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

झापा महिला गोल्डकप : पाहुना टोलीविरुद्ध एपिएफको गोल वर्षा

झापा महिला गोल्डकप : पाहुना टोलीविरुद्ध एपिएफको गोल वर्षा
अ अ+ अ-

झापा, १८ कात्तिक : शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकपमा आज भएको खेलमा विभागीय टोली एपिएफ फुटबल क्लब काठमाडौँ विजयी भएको छ ।

एपिएफले पाहुना टोली सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबलाई ७–० को फराकिलो अन्तरले पराजित गरेको हो । यो जितसँगै एपिएफ टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

एपिएफले खेलको २९ औँ मिनेटमा सविता राना मगरको पहिलो गोल र ३८ औँ मिनेटमा अनिता बस्नेतको दोस्रो गोलमार्फत अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा एपिएफले लगातार दुई गोल थपेको थियो भने ४१ औँ मिनेटमा एपिएफकी रश्मीकुमारी घिसिङले र इन्जुरी समयमा अनिता बस्नेतले अर्को गोल थपेकी थिइन् । पहिलो हाफमै एपिएफले पाँच गोलका साथ अग्रता लिएको थियो ।

दोस्रो हाफमा एपिएफकी अनिता केसीले ७१ औँ मिनेटमा र ८४ औँ मिनेटमा रश्मीकुमारीले गोल थपेकी थिइन् । सिक्किमकी प्रशिक्षक लाकु फुर्बी भुटियाले यो हारलाई सिकाइ अनुभवका रूपमा लिएको बताइन् । “हाम्रो टोली युवा छ, आगामी खेलहरूमा सुधार गर्नेछौँ”, उनको भनाइ थियो ।

खेलकी प्लेयर अफ द म्याच रश्मी घोषित भइन् । उनले नगद रु १५ हजार र ट्रफी प्राप्त गरिन् । बुधबार तेस्रो क्वार्टर फाइनलमा सङ्कटा फुबटल क्लब काठमाडौँ र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतियोगिताको विजेता टिमले नगद रु १० लाख १० हजार पाउने छ । त्यस्तै, उपविजेताले नगद रु पाँच लाख पाउने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद रु एक लाख ५० हजार प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद रु २५ हजार पुरस्कार पाउने छन् । रासस