५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसमा गगनको विद्रोहः महाधिवेशन चुनावअघि कि पछि ?



अ+ अ-

न्यूजपोलार ए.आई.

  • कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको तालिका पेस गर्न निकै सकस
  • संस्थापन पक्ष निर्वाचनअघि महाधिवेशन गर्न नहुने पक्षमा
  • गगन थापा पक्षधरहरुले भने मंसिरमै नियमित नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड
  • महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गर्न माग गरेका थिए ।

काठमाडौँ: नेपाली कांग्रेसको आगामी १५ औँ महाधिवेशन चुनाव अघि कि चुनावपछि भन्ने विषयको विवाद उत्कर्षमा पुगेको छ । यो विवादले कांग्रेसमा विद्रोहको अवस्था समेत सृजना गरेको छ । संस्थापन पक्ष आगामी फागुन २१ मा तोकिएको आमनिर्वाचन पछि मात्र पार्टी महाधिवेशन गर्नुपर्ने पक्षमा छ भने संस्थापन इतर पक्ष भने मंसिरमै महाधिवेशन गनुपर्छ भन्नेमा छ ।

इतर पक्षमा पनि नेता शेखर कोइराला पुससम्ममा गर्नुपर्छ भन्छन् भने यता गगन थापा मंसिरमै गर्नुपर्छ भन्नेमा अडिग छन् । शेखर कोइराला सके सम्म पुससम्म नियमित महाधिवेशन गर्नुपर्ने र नत्र त्यही समयमा विशेष महाधिवेशन गर्नुपर्छ भन्नेमा छन् ।

उनीहरु विशेष महाधिवेशनको पक्षमा भने छैनन् । तर महामन्त्रीद्धय गगन र विश्वप्रकाश समूहले मंसिरमै नियमित नभए विशेष महाधिवेशन हुनुपर्ने अडान राख्दै आएका छन् । बिहीबारको केन्द्रीय समिति बैठकमा सो विवाद झन् बल्झियो । केन्द्रीय समिति बैठक अघि ती पक्षका नेता र पदाधिकारीको बैठक कार्यबाहक सभापति पूर्णबहादुर खड्काले राखेका थिए । सो बैठकमा पनि सहमति हुन नसकेपछि महामन्त्री गगन थापाले त बैठक नै बहिस्कार गरेका थिए ।

महामन्त्री थापाले महाधिवेशनको कार्यतालिका नै सार्वजनिक गर्न माग गरेका थिए । सो तालिका प्रस्तुत गर्न नपाएपछि कांग्रेस महामन्त्री गगन थापाले त केन्द्रीय कार्यसमितिको बिहीबारको बैठक नै बहिष्कार गरेका थिए । यसले पार्टीभित्रको विवाद झनै चर्काएको छ ।

बिहीबारको बैठक सुरु हुनुअघि नै कार्यतालिकाको विषयमा कार्यवाहक सभापति खड्कासँग थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले माग गरेका थिए । तर अहिले नै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न नसकिने अडान कार्यबाहक सभापति खड्काले नमानेपछि विवाद सुरु भएको छ ।

बैठकमा कार्यतालिका प्रस्तुत गर्ने तयारीका साथ महामन्त्री थापा दिउँसो १ बजे अगाडि नै सानेपा पुगेका थिए । कार्यवाहक सभापतिको कार्यकक्षमा तीन पदाधिकारीबीच भएको छलफलमा खड्काले केही दिन पर्खन आग्रह गरेका थिए । त्यसलगत्तै थापा सानेपाबाट बाहिरिएका थिए ।

बिहीबारको केन्द्रीय समिति बैठकमा संस्थापन पक्षधर नेताहरूले फागुन २१ को चुनावपछि पार्टी महाधिवेशन गर्नुपर्ने माग गरेका छन् । तर गगन थापा पक्षधरहरुले भने मंसिरमै नियमित नभए चुनावअघि विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठक आज पनि छ । महाधिवेशनबारे फरकफरक मत राखेकाले आजको बैठक कसरी अघि बढ्छ भन्ने निश्चित छैन । साथै हिजो बहिस्कार गरेका महामन्त्री गगन थापाले त्यसैकारण महाधिवेशनको मितिबारे कांग्रेसमा किचलो बढ्दै गएको छ ।

कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको तालिका पेस गर्न निकै सकस भइरहेको देखिन्छ । हिजोको बैठकमा पनि उनले आफ्नो अप्ठेरो बुझिदिन र अरु केही दिन धैर्य गरिदिन पटक पटक आग्रह गरेका थिए । महाधिवेशनको विषयमा समान धारणा र सहमति बन्न नसके पनि सहमति जुटाउन खड्का चौतर्फी कुदिरहेका छन् ।

संस्थापन पक्ष निर्वाचनअघि महाधिवेशन गर्न नहुने पक्षमा रहेकाले त्यो परिस्थिति जुटाउनका लागि कार्यबाहक सभापति खड्कालाई गाह्रो पर्ने देखिएको छ । संस्थापन पक्षले भने सबै मुद्दाहरुको व्यवस्थापनका लागि वैशाखमा महाधिवेशन गर्न उचित हुने भनिरहेको छ । अर्कोतिर ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाइसकेको अवस्था छ ।

महामन्त्रीद्वय थापा, शर्मा र इतरपक्षीय नेता शेखर कोइराला पक्षधर भने ढिलोमा पुसभित्रै नियमित महाधिवेशन गर्नुपर्ने, नभए विशेष महाधिवेशन गर्नुपर्ने अडानमा टसमस छैन । कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले भने बिहीबारको बैठकमा पनि फागुन २१ को निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने भन्नेमा पार्टीमा बलियो बहुमत रहेको दाबी गरे ।

हिजोको बैठकमा बोल्ने अधिकांश नेताहरूले नियमित महाधिवेशनको पक्षमा धारणा राखेका थिए र उनीहरुले संस्थापन पक्षको पक्षमा नै १५औं महाधिवेशन आसन्न आम चुनावपछि गर्नुपर्ने बताएका थिए । उनीहरुले वैशाखमा चुनाव गर्नुपर्ने बताएका थिए ।