५ असार २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना निर्माणको विषयमा सरकार गम्भीर छ: मन्त्री श्रेष्ठ सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ प्रतिनिधि सभाबाट स्वीकृत बर्ड फ्लु संक्रमणपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द नेपाल स्काउटलाई समयानुकूल पुनर्संरचना गर्दै नयाँ कार्यसमिति ल्याइन्छः शिक्षामन्त्री पोखरेल सार्वजनिक खरिद ऐनमा देखिएका जटिलता तत्काल हटाउनका लागि अध्यादेश ल्याउनुपरेको होः कानूनमन्त्री गौतम रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा शशी थापा पण्डितका तीन कृति लोकार्पण



???? ???????? ?????? ???????, ?? ???????? ????? ????? ????? ???? ???????????? ?? ??????? ?????? ?????? ?? ??? ???? ???????? ??? ???? ?????? ????? ??????, ????????? ??????? ???????, ????????? ????????? ?????????? ?????? ??????? ????? ???????? ?????? ? ??????? ?????????? ?????÷????
अ+ अ-

काठमाडौँ। नेपाली कला, संस्कृति र नारी अध्ययनका क्षेत्रमा सक्रिय डा शशी थापा पण्डितका तीन कृति सामूहिक रूपमा लोकार्पण गरिएको छ ।

नेपाल आदर्श महिला सङ्घ, बालाजुद्वारा आज यहाँ आयोजित कार्यक्रमबीच ती कृति लोकार्पण गरिएका हुन् । कार्यक्रमका सभापति प्राडा वीणा पौड्याल, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति प्राडा जगमान गुरुङ, प्राज्ञ दिनेशराज पन्त र प्राडा पेशल दाहालले संयुक्त रूपमा ‘नेपाली कलामा कामकला’, ‘मल्लकालीन नेपालका नारीहरू’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ शीर्षकका कृति सार्वजनिक गर्नुभएको हो ।

पूर्वउपकुलपति प्राडा गुरुङले नेपाललाई ‘देवभूमि’ को उपमा दिँदै यहाँको संस्कृति, परम्परा, रीतिरिवाजको गहिरो अध्ययन, संरक्षण सबै नेपालीको कर्तव्य भएको र डा थापाद्वारा लिखित कृतिहरु अध्ययनयोग्य र अनुसन्धानमुखी भएका बताउनुभयो । उहाँले भन्नुभयो, “किताब लेख्ने व्यक्तिले अपार मेहनेत र समय खर्चेर सृजना गरेका कृतिहरू पढ्नेहरूले पनि त्यसको सार बुझेर व्यवहारमा उतार्नुपर्छ । संस्कृति जोगाउने कार्य कागजमा मात्रै होइन, आचरणमा पनि देखिनुपर्छ ।”

पूर्वउपकुलपति प्राडा गुरुङले डा थापा पण्डितको योगदानलाई सम्मान गर्दै उहाँको आगामी सृजनात्मक यात्राको सफलताको कामना गर्नुभयो । प्रा डा वीणा पौड्यालले डा थापा पण्डितका कृति नेपाली कलाको अध्ययनमा नयाँ दृष्टिकोण प्रस्तुत गर्ने किसिमका भएको बताउनुभयो ।

प्राज्ञ दिनेशराज पन्तले डा थापाका कृति विगतदेखि वर्तमानसम्मका सामाजिक र सांस्कृतिक परिवर्तनलाई समेट्ने अध्ययनयोग्य दस्तावेज भएको उल्लेख गर्नुभयो । उहाँले डा थापाका यी पुस्तकहरूले केवल इतिहासको पुनरावलोकन मात्र नभई आधुनिक सन्दर्भमा नेपाली समाजको रूपान्तरणलाई पनि उजागर गर्ने बताउनुभयो ।

प्राडा पेशल दाहालले डा थापाले लामो समयको अनुसन्धान, स्थल भ्रमण र तथ्य सङ्कलनपछि यी कृति लेख्नुभएको भन्दै उहाँको परिश्रमको प्रशंसा गर्नुभयो ।

कृतिका लेखक डा शशी थापा पण्डितले आफ्ना कृतिहरू नेपाली कला, संस्कृति र इतिहासका विभिन्न पक्षलाई नयाँ पुस्तासम्म पु¥याउने प्रयासस्वरूप लेखिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली समाजमा महिलाको ऐतिहासिक भूमिकाबारे सन्तुलित र प्रमाणिक दृष्टिकोण स्थापित गर्न ‘मल्लकालीन नेपालका नारीहरू’ कृति महत्वपूर्ण हुनेछ ।”रासस




भर्खरै