१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कालीगण्डकी नदीको बहाव हेर्दा.. News Polar बिपी कोइराला क्यान्सर अस्पताल : एक वर्षमा दुई लाख बढीलाई सेवा News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध

गाजामा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतीक्षामा टर्कीका उद्धारकर्ताहरू: स्रोत

गाजामा प्रवेश गर्न  इजरायली स्वीकृतिको प्रतीक्षामा टर्कीका उद्धारकर्ताहरू: स्रोत
अ अ+ अ-

टर्की। खोज र उद्धार कार्यमा सहयोग गर्न प्यालेस्टिनी क्षेत्रमा प्रवेश गर्न इजरायली स्वीकृतिको प्रतिक्षामा टर्कीको विपद् प्रतिक्रिया टोली अझै पनि गाजाको सीमामा पर्खिरहेको रक्षा मन्त्रालयको स्रोतले बिहीबार जनाएको छ ।

मन्त्रालयका अनुसार एएफएडी विपद् व्यवस्थापनको ८१ सदस्यीय टोली जीवीत व्यक्ती पत्ता लगाउने उपकरण र प्रशिक्षित खोजी कुकुरहरूसहित विशेष खोजी र उद्धार उपकरणहरू लिएर एक हप्ता अघि गाजाका लागि प्रस्थान गरेको थियो ।

तर उनीहरूलाई गाजामा प्रवेश गर्न इजरायलले स्वीकृति प्राप्त नभएकाले एएफएडी अझै पनि सीमामा पर्खिरहेको र इजरायलले अझै पनि टोलीलाई प्रवेश गर्न कुनै अनुमति जारी नगरेको स्रोतले जनाएको छ ।

सन् २०२३ अक्टोबर मा गाजा युद्ध सुरु भएदेखि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा टर्कीको उपस्थितिको कडा विरोध गरेपछि टर्कीसँगको इजरायलको सम्बन्ध बिग्रिएको छ ।

अन्काराले हालैको गाजा युद्धविरामको सहजकर्ताको रुपमा आफ्नो भूमिकाले यसलाई केही लाभ दिने र हाल सँगै राखिएको अन्तर्राष्ट्रिय शान्ति मिसनमा भाग लिन अनुमति दिने आशा गरिरहेको जनाइएको छ ।

“टर्की युद्धविरामको साझदार मध्ये एक भएको र सम्झौतामा हस्ताक्षर गरेको बताउदै स्वीकृतीका लागि अझै पर्खिरहेको स्रोतले बताएको छ ।

यस हप्ताको सुरुमा, इजरायली विदेश मन्त्री गिडियोन सारले इजरायलका विरुद्ध “शत्रुतापूर्ण बयान“ र “कूटनीतिक र आर्थिक उपायहरू“ मा टर्कीको सहभागितालाई अस्वीकार गर्दै इजरायलप्रति निष्पक्ष“ भएका देशहरूले मात्र गाजालाई सुरक्षित गर्न सेना पठाउन सक्ने बताउनु भएको थियो । उहाँले टर्कीको सशस्त्र सेनालाई गाजा पट्टीमा प्रवेश गर्न दिनु उचित नभएको र यसमा आफु सहमत नभएको बताउनु भएको छ ।