६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेचीनगरमा भेटियो ‘हरित परेवा’को बथान



अ+ अ-

झापा। दुर्लभ मानिएको ‘हरित परेवा’को ठूलो बथान मेचीनगरमा फेला परेको छ । वन्यजन्तु फोटोग्राफर देवेन्द्र खरेल र संरक्षण अभियन्ता शङ्कर लुइँटेलले बथान फेला पारेका हुन् ।

मेचीनगर नगरपालिका– ४ बाहुनडाँगी र वडा नं ६ काँकडभिट्टा क्षेत्रमा विगत चार दिनमा ९१ वटाको सङ्ख्यामा ती दुर्लभ चरा गणना गरिएको मेची चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष खरेलले बताउनुभयो ।

अङ्ग्रेजीमा ‘ग्रिन इम्पेरियल पिजन’ नाम दिइएको हरित परेवाको रङ हरियो हुन्छ । खरेलले नै विसं २०७७ मङ्सिर ९ गते मेचीनगर–७ सतिघट्टाको सिमलको रुखमा नेपालमै पहिलोपल्ट हरित परेवा फेला परेको तस्बिर खिचेर यो चरा नेपालमा पाइन्छ भन्ने प्रमाणित गर्नुभएको थियो । उहाँले तस्बिर खिचेपछि नेपालमा पाइने चराको प्रजातिमा हरित परेवा थपिएको थियो ।

नेपालको मेचीनगर क्षेत्रमा मात्र पाइएको यो चरा घरेलु परेवा, ढुकुर र हलेसोभन्दा आकारमा ठूलो हुने उहाँले बताउनुभयो । यसको आकार ४२ देखि ४७ सेन्टिमिटरसम्म लामो हुने र नेपालसहित भारत, श्रीलङ्का, चीन, इन्डोनेसिया र फिलिपिन्समा यो चरा पाइएको छ ।

वन्यजन्तु संरक्षण अभियन्ता शङ्कर लुइँटेलले मेचीनगर–४ बाहुनडाँगीमा हरित परेवाको बथान देखेपछि फोटो र भिडियो खिचेको बताउनुभयो । यसअघि मेचीनगरको दक्षिणी क्षेत्रमा मात्र यो चरा भेटिने गरेको थियो ।

विगत चार दिनमा बाहुनडाँगी र काँकडभिट्टाको सहरी र ग्रामीण क्षेत्रमा ९१ वटाको बथान भेटिनुले मेचीनगर हरित परेवाको स्वर्गसरी भएको खरेलको भनाइ छ । उहाँले मेचीनगरमा चरा ३३७ प्रजातिका चरा पाइएको हुँदा नगरलाई चरा संरक्षित क्षेत्र घोषणा गरिनुपर्ने माग गरिएको बताउनुभयो । रासस