६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन महिनामा ५८ अर्ब २३ करोड राजस्व सङ्कलन



अ+ अ-

पर्सा। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको तीन महिनामा रु ५८ अर्ब २३ करोड राजस्व सङ्कलन गरेको छ ।

  भन्सार विभागले कार्यालयलाई चालु आवको तीन महिनामा रु ६५ अर्ब ६१ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकोमा सो अवधिमा लक्ष्यको ८९  प्रतिशत राजस्व सङ्कलन गरेको हो ।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख विष्णुप्रसाद ज्ञवालीले चालु आवको तीन महिनासम्ममा राजस्व सङ्कलन सन्तोषजनक रहेको बताउनुभयो । “चालु आवको तीन महिना चाडपर्व लक्षित वस्तु तथा सामान आयात भएकाले पनि राजस्व सङ्कलनमा केही वृद्धि देखिएको छ”, उहाँले भन्नुभयो ।

कार्यालयका अनुसार साउनमा रु २० अर्ब ९८ करोड राजस्व  सङ्कलन गर्ने लक्ष्य राखिएकोमा सोको ८८ प्रतिशतअर्थात् १८ अर्ब ४४ करोड सङ्कलन भएको छ ।

भदौमा रु २२ अर्ब  पाँच करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ९४ प्रतिशतअर्थात् रु २० अर्ब ७२ करोड राजस्व सङ्कलन भयो भने असोजमा रु २२ अर्ब ५७ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ८४ प्रतिशतअर्थात् रु १९ अर्ब सात करोड राजस्व सङ्कलन भएको छ । रासस