५ असार २०८३, शुक्रबार
,
Latest
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

करेन्ट लाग्दा माछा मार्ने व्यक्तिको मृत्यु



अ+ अ-

झापा। यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा आज एक जनाको मृत्यु भएको छ ।

स्थानीय ४२ वर्षीय सन्तोष लिम्बू घर नजिकै रहेको टिमाई नहर (कुलो) मा करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा अचानक करेन्ट लागी बेहोस भएका थिए ।

उहाँलाई उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी टोली खटिएको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस