काठमाडौँ ।नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरिएको जनाएको छ ।
आईतवार बिहान सिंहदरबारमा अहिलेको अवस्थाबारे न्युज एजेन्सी नेपाललाई जानकारी दिनुहुँदै नेपाल प्रहरकिा प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले यस्तो जानकारी दिनुभएको हो ।
विपद् व्यवस्थापन कार्यालयहरु, मातहतको गुल्महरु र प्रहरी कार्यालयहरुबाट यो संख्यामा जनशक्ति परिचालित रहेको बताउनु भयो । कोशी प्रदेशमा हाल पनि अवस्थालाई मध्यनजर गरी संयुक्त रुपमा परिचालित भइरहेको बताउनु भयो । काठमाडौंमा मात्रै शनिवार १ सय ३० जना प्रहरी परिचालन भएको र १५—१५ जनाको टोलीले ¥याफ्टिङ बोटहरुसहित काठमाडौंको लागि मात्रै केन्द्रित गरेर काम गरेको बताउनु भयो । विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरुमा पनि १ सय २५ को दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकुलताको समयमा परिचालित भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘जल तथा मौसम विज्ञान विभागको पछिल्लो अनुमान अनुसार भारी वर्षाको पूर्वानुमान भएको थियो । हामीले पहिला पनि प्रतिकार्यको पूर्वतयारी गरी नै सकेका थियौँ । शनिवार मात्रै पनि हामीले विभिन्न काठमाडौंको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा जम्मा एक सय ३० जना, १५—१५ जनाको टोलीले ¥याफ्टिङ बोटहरुसहित काठमाडौंको लागि मात्रै फोकस गरेर परिचालन गरेका थियाँै । अहिले पनि तयारी अवस्थामा नै छ । विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरुमा पनि १ सय २५ को दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकुलताको समयमा परिचालित भइरहेको अवस्था छ । हिजो मात्रै विपद् व्यवस्थापन कार्यालयहरु, मातहतको गुल्महरु र प्रहरी कार्यालयहरुबाट समेत परिचालन हेर्दा २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालित छ । अहिले पनि पूर्वतिर रिस्क भइरहेको भन्ने छ, संयुक्त रुपमा नै अहिले पनि परिचालित भइरहेको अवस्था छ ।’
उहाँले इलाममा गएको पहिरोमा पुरिएका, बेपत्ता भएका मानिसहरुको खोजतलास जारी रहेको बताउनु भयो ।










