२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सात वटै प्रदेशमा १ सय २५ का दरले प्रहरी गुल्महरुबाट प्रहरी परिचालन



अ+ अ-

काठमाडौँ ।नेपाल प्रहरीले विपद् प्रतिकार्यका लागि देशभर २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालन गरिएको जनाएको छ ।

आईतवार बिहान सिंहदरबारमा अहिलेको अवस्थाबारे न्युज एजेन्सी नेपाललाई जानकारी दिनुहुँदै नेपाल प्रहरकिा प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषकुमार भट्टराईले यस्तो जानकारी दिनुभएको हो ।

विपद् व्यवस्थापन कार्यालयहरु, मातहतको गुल्महरु र प्रहरी कार्यालयहरुबाट यो संख्यामा जनशक्ति परिचालित रहेको बताउनु भयो । कोशी प्रदेशमा हाल पनि अवस्थालाई मध्यनजर गरी संयुक्त रुपमा परिचालित भइरहेको बताउनु भयो । काठमाडौंमा मात्रै शनिवार १ सय ३० जना प्रहरी परिचालन भएको र १५—१५ जनाको टोलीले ¥याफ्टिङ बोटहरुसहित काठमाडौंको लागि मात्रै केन्द्रित गरेर काम गरेको बताउनु भयो । विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरुमा पनि १ सय २५ को दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकुलताको समयमा परिचालित भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जल तथा मौसम विज्ञान विभागको पछिल्लो अनुमान अनुसार भारी वर्षाको पूर्वानुमान भएको थियो । हामीले पहिला पनि प्रतिकार्यको पूर्वतयारी गरी नै सकेका थियौँ । शनिवार मात्रै पनि हामीले विभिन्न काठमाडौंको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयमा जम्मा एक सय ३० जना, १५—१५ जनाको टोलीले ¥याफ्टिङ बोटहरुसहित काठमाडौंको लागि मात्रै फोकस गरेर परिचालन गरेका थियाँै । अहिले पनि तयारी अवस्थामा नै छ । विपद् व्यवस्थापन कार्यालय मातहतकै विभिन्न सात प्रदेशमा रहेको प्रदेश प्रहरी गुल्महरुमा पनि १ सय २५ को दरले स्ट्याण्डबाइ रहेर मौसम प्रतिकुलताको समयमा परिचालित भइरहेको अवस्था छ । हिजो मात्रै विपद् व्यवस्थापन कार्यालयहरु, मातहतको गुल्महरु र प्रहरी कार्यालयहरुबाट समेत परिचालन हेर्दा २० हजार ४ सय ८५ जनाको जनशक्ति परिचालित छ । अहिले पनि पूर्वतिर रिस्क भइरहेको भन्ने छ, संयुक्त रुपमा नै अहिले पनि परिचालित भइरहेको अवस्था छ ।’

उहाँले इलाममा गएको पहिरोमा पुरिएका, बेपत्ता भएका मानिसहरुको खोजतलास जारी रहेको बताउनु भयो ।