५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना

बौद्ध क्षेत्रका पुराना जीवन्त तस्बिरलाई रङमा उतार्दै आना
अ+ अ-

काठमाडौँ । एउटा सुन्दर गुम्बा छ । छेवैमा सानो ताल, वरिपरि प्रकृति, तालमा कमललगायतका फूल फक्रिरहेका छन् । कलाकार आना ढकालले प्रकृतिलाई उधिनेर क्यान्भासमा सजाउनुभएको यो दृश्य ललितपुरको सानेपास्थित कुञ्ज कला प्रदर्शनीको एउटा आकर्षण हो ।

चितवनको भरतपुरस्थित घर नजिकै आमाले हरेक हप्ता त्यही गुम्बामा लैजानुहुन्थ्यो । उहाँको मानसपटकमा त्यो गुम्बा रहिरह्यो । जहिले पनि त्यहाँ पुग्दा उहाँलाई शान्ति मिल्थ्यो । त्यो बाल्यकालको छाप काठमाडौँ आउँदा पनि मेटिएन । गुम्बाको याद सधैँ आइरहने हुँदा तेल रङले क्यान्भासमा उतारेर राख्नुभयो । एक वर्षअघि बनाएको चित्र अहिले उहाँको सानेपामा जारी पहिलो एकल कला प्रदर्शनीमा समावेश छ ।

प्रदर्शनीको अर्को आकर्षण हो– बौद्धमा रहेको गुम्बा । कुनै एक विदेशीले बौद्धमा सहर बस्नुअघि नै खिचेको पुराना तस्बिरहरू उहाँले सगाल्नुभएको थियो । त्यसमध्येको केही तस्बिरलाई उहाँले क्यान्भासमा तेल रङमार्फत उतार्नुभएको छ । जहाँ बौद्ध वरिपरि परम्परागत घरहरू मात्रै छन् । बाँकी सुन्दर प्रकृति अनि फाँटहरू । अहिले त्यो दृश्य तस्बिर र यस्तै क्यान्भासमा मात्रै सीमित छ । उहाँले त्यही पुरानो यादलाई क्यान्भासमार्फत जीवन्त दिन खोज्नुभएको छ ।

त्यही बौद्धको पुरानो सम्झनालाई उहाँले क्यानभासमा भरेर प्रदर्शन गर्नुभएको छ । फरकफरक कोणबाट खिचिएका बौद्धका तस्बिरलाई उहाँले क्यानभासमा उतार्नुभएको छ । उहाँलाई बौद्धले सबै तानिरहने सुनाउनुभयो । चार वर्षअघि बनाएको चितवनकै गर्मीको समयको सूर्यमुखी फूललाई पनि उहाँले देखाउनुभएको छ । आना त्यसलाई वास्तविकभन्दा फरक शैलीमा प्रस्तुत गर्न रुचाउनुहुन्छ ।

यस्तैयस्तै प्रकृति, त्यसमा खेलिरहने फूल र केही बौद्ध गुम्बालाई विषय बनाएर आना ढकालको अहिले यहाँ ‘इन द सेल्टर अफ नेचर’ शीर्षकमा एकल कला प्रदर्शनी गरिरहनुभएको छ । अझै आठ दिन यहाँ उहाँको कला हेर्न सकिन्छ । उहाँ भन्नुहुन्छ, “मानव जीवनको प्रकृतिसँग कति सम्बन्ध छ भनेर देखाएकी छु ।” उहाँले प्रदर्शनीमा कतिपय फूलहरू पनि समावेश गर्नुभएको छ । बौद्धको पुराना तस्बिरलाई क्यानभासमा उतार्नुभएको छ । जुन बेला सुन्दर फाँट र परम्परागत घरहरूको बीचमा रहेको बौद्ध गुम्बालाई उहाँले विषय बनाएर फरकफरक कोणबाट क्यान्भास सजानुभएको छ ।

“म मान्छेसँग टाढिएर प्रकृतिसँग नजिक भएँ, जीवनमा प्रकृतिले धेरै असर पारेको छ, त्यसैले प्रकृति र धर्म, संस्कृति र फूलहरू मेरा विषय बनिदिन्छन्”, उहाँ थप्नुहुन्छ । वनजङ्गल, खोला पुलपुलेसा, भिरपाखा, पखेरा, तालतलैया, आकाश, बादल, चराचुरुङ्गी, जीवजन्तु र डाँडाकाँडा उहाँको सृजनाका रुचिका विषय हुन् । त्यही प्राकृतिक सुन्दरतामा उहाँको कुची चलेको छ । प्रकृतिसँगको गहिरो सम्बन्ध यो प्रदर्शनीमा देख्न सकिन्छ । उहाँको मुख्य रुचि तेल रङलाई खेलाउनु हो ।

“प्रकृतिपछि बौद्ध सबै नेपालीहरूबीच नजिक छ, बुद्ध एकदम शान्त लाग्छ”, आना भन्नुहुन्छ, “मनले माग्छ अनि प्रकृतिसँगै त्यसलाई पनि उतार्छु ।” उहाँ कलालाई शब्दले बयान गर्न सकिँदैन भन्नुहुन्छ । उहाँले थप्नुभयो, “रङमार्फत प्रकृतिलाई बुझाउने प्रयास गर्छु, प्रकृतिले नबोलिकन धेरै कुरा सिकाउँछ भनेर देखाउन खोजेकी छु प्रदर्शनी हेरिदिनुस् ।”

आनाले कला पढ्नुभएको होइन, आफैँ घरमा बनाउँदाबनाउँदै सिक्नुभएको हो । पाँच वर्षदेखि कला साधनामा उहाँ सक्रिय हुनुहुन्छ । अन्य कलाकारका भन्दा उहाँका सृजना कमजोर लाग्दैनन् । उहाँ आफ्नै शैलीका सृजना गर्नुहुन्छ । परम्परागत कलामा पनि उहाँलाई रुचि छ । थाङ्कामा पनि चाहना छ ।

कहिलेकाहीँ कतिपय समयमा ग्रीनतारालाई विषय बनाएर आफ्नै शैलीले रङ भर्नुहुन्छ । यहाँ हेर्न आएका कला पारखीहरू अझै कलामा उच्च शिक्षा गर्नुभयो भने अझै कलामा निखारता आउने सुझाव उहाँलाई दिनुहुन्छ ।

जेनजी पुस्ताबाट केही महिना नाघ्नुभएकी आनाले भ्रष्टाचार रोकौँ भनेर भदौ २३ गते जेनजीको वास्तविक मागको समर्थन गर्दै माइतीघर पुग्नुभयो । भ्रष्टाचार रोक्ने नारासहित ग्रामीण दृश्यचित्र बोकेर जानुभएकी आनाको उक्त क्यान्भासमा सयौँ युवाले हस्ताक्षर गरेर उहाँको अभियानमा समर्थन जनाउनुभयो । त्यही क्यान्भासलाई पनि उहाँले यहाँको प्रदर्शनीमा राख्नुभएको छ ।

अझै आफूलाई निखार्दै गरेको बताउने आना अग्रज कलाकारको सृजना हेरेर पनि धेरै सिकिरहेकी सुनाउनुहुन्छ । आधा समय कला सृजना गरेर बिताउने र आधा समय प्रकृति र फूलसँग खेल्ने गरेको सुनाउने आना सहरबजारभन्दा गामीण परिवेशप्रति रुचि रहन्छ भन्नुहुन्छ । त्यसैले उहाँको सृजनामा पनि ग्रामीण दृश्यहरू देख्न पाइन्छ । काठमाडौँमा मन्दिर गुम्बाहरूमा उहाँ घुम्न जानुहुन्छ । त्यहाँबाट पनि प्रभावित हुने गरेको आनाले सुनाउनुभयो ।

अहिले ललितपुरमा कुञ्जको प्रस्तुतिमा उहाँको एकल कला प्रदर्शनी भइरहेको छ । चार वर्षदेखि बनाएका १५ कलालाई उहाँले प्रदर्शनीमा राख्नुभएको छ । आयोजक कुञ्जकी अध्यक्ष स्वेता चन्द उहाँले यहाँ प्रकृतिलाई सुन्दर ढङ्गले प्रस्तुत गर्नुभएको बताउनुभयो । कुञ्जले गरेको यो दोस्रो कला प्रदर्शनी हो । रासस