५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगजनी र तोडफोडमा संलग्नविरुद्ध कडा कारबाही हुनुपर्छ : रास्वपा



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू लोकतन्त्र, सभ्य राजनीति र शान्तिपूर्ण आन्दोलनको पक्षमा मात्रै रहेको स्पष्ट पारेको छ।

पार्टीले कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनलाई प्रोत्साहन नगर्ने नीति लिएको प्रवक्ता मनीष झाले बताए । रास्वपाले भदौ २३ र २४ मा तत्कालीन सरकारले गरेको दमन र हत्या गम्भीर मानवअधिकार उल्लङ्घन मात्र नभई मानवियताविरुद्धको अपराध भएको ठहर गरेको छ।

प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै  “यस्ता घटनाका दोषीहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही अनिवार्य हुनुपर्छ।” पार्टीले जेनजी आन्दोलनको घोषणा भएको भोलिपल्टै भदौ २२ गते विज्ञप्ति जारी गर्दै आन्दोलनका मागहरूलाई सम्बोधन गर्न सरकारलाई अपिल गरेको र शान्तिपूर्ण प्रदर्शनमा अवरोध, घुसपैठ वा दमन नगर्न चेतावनी दिएको स्मरण गराएको छ।

त्यसैगरी रास्वपाले आफ्ना सदस्यहरू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नभएको प्रष्ट पार्दै सार्वजनिक वा निजी सम्पत्तिमा तोडफोड, आगजनी वा लुटपाट गर्ने जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ। पार्टीले विधिको शासन, कानुनी सर्वोच्चता र शान्तिपूर्ण राजनीतिक अभियानप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।