१९ मंसिर २०८२, शुक्रबार
,
Latest
जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै जेनजी आन्दोलनका सहिदः आमाबुबाको बिलौना–मेरो छोरा अब कहिले फर्कन्छ ? अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगजनी र तोडफोडमा संलग्नविरुद्ध कडा कारबाही हुनुपर्छ : रास्वपा



अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफू लोकतन्त्र, सभ्य राजनीति र शान्तिपूर्ण आन्दोलनको पक्षमा मात्रै रहेको स्पष्ट पारेको छ।

पार्टीले कुनै पनि बहानामा हिंसात्मक प्रदर्शनलाई प्रोत्साहन नगर्ने नीति लिएको प्रवक्ता मनीष झाले बताए । रास्वपाले भदौ २३ र २४ मा तत्कालीन सरकारले गरेको दमन र हत्या गम्भीर मानवअधिकार उल्लङ्घन मात्र नभई मानवियताविरुद्धको अपराध भएको ठहर गरेको छ।

प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गर्दै  “यस्ता घटनाका दोषीहरूमाथि निष्पक्ष छानबिन गरी कानुनी कारबाही अनिवार्य हुनुपर्छ।” पार्टीले जेनजी आन्दोलनको घोषणा भएको भोलिपल्टै भदौ २२ गते विज्ञप्ति जारी गर्दै आन्दोलनका मागहरूलाई सम्बोधन गर्न सरकारलाई अपिल गरेको र शान्तिपूर्ण प्रदर्शनमा अवरोध, घुसपैठ वा दमन नगर्न चेतावनी दिएको स्मरण गराएको छ।

त्यसैगरी रास्वपाले आफ्ना सदस्यहरू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नभएको प्रष्ट पार्दै सार्वजनिक वा निजी सम्पत्तिमा तोडफोड, आगजनी वा लुटपाट गर्ने जो–कोहीलाई कानुनबमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ। पार्टीले विधिको शासन, कानुनी सर्वोच्चता र शान्तिपूर्ण राजनीतिक अभियानप्रति आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।