२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागूऔषध कारोबारको अभियोगमा एक जना पक्राउ



अ+ अ-

झापा। पक्राउ सूचीमा रहेका लागूऔषध कारोबारी भानुभक्त खरेललाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका-५ का खरेललाई आज नयाँबसपार्क क्षेत्रबाट स्थानीयको सहयोगमा प्रहरीले पक्राउ गरेको हो ।

लामो समयदेखि फरार रहेका खरेल गत साउन १ गते बिर्तामोड-५ मङ्गलदीप टोलस्थित गोदाममा छापामारेपछि पुनः फरार बनेका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । सो क्रममा प्रहरीले निजद्वारा सञ्चालित गोदामबाट अवैध रूपमा लुकाएर राखिएको ट्याव्लेट  एम्पुलसहित ठूलो परिमाणमा लागूऔषध बरामद गरेको थियो ।

प्रहरीले यसअघि खरेलका सहयोगी दुई जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाइसकेको छ । बिर्तामोड–५ कञ्चन टोलबाट खरेलका साझेदार भनिएका ४६ वर्षीय राजेन्द्र पन्धाकलाई पक्राउ गरी कारबाही अगाडि बढाइसकिएका प्रहरी उपरीक्षक लिम्बूले बताउनुभयो । निजको घरमा जाने सिँढीमुनी राखिएको कागजको कार्टुनमा लुकाइएका २० हजार क्याप्सुल ट्रामाडोल प्रहरीले बरामद गरेको हो ।

खरेलका कर्मचारी अर्जुनधारा-६ दासपुलका २५ वर्षीय विनोद घिमिरेलाई पक्राउ पनि गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका सबैलाई लागूऔषध नियन्त्रण ऐनअनुसार कारबाही अघि बढाइएको हो । रासस