६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूचीकरणमा आउन एक्स (ट्विटर) ले सञ्चार मन्त्रालयलाई पठायो इमेल



अ+ अ-

काठमाडौं । सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णयसँगै सामाजिक सञ्जाल प्लेटफर्म एक्स (ट्विटर) सरकारको सम्पर्कमा आएको छ ।

ट्विटरको सिंगापुरस्थित कार्यालयबाट सञ्चार मन्त्रालयमा सूचीकरणबारे आधिकारिक पत्राचार गरिएको हो ।

ट्विटरबाटे सूचीकरणबारे जानकारी मागिएको इमेल प्राप्त भएको सञ्चारमन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । सिंगापुरबाट मार्कको नाममा आएको इमेलमा दर्ता प्रक्रिया र आवश्यक डकुमेन्टका बारेमा सोधिएको उनले बताए ।

इमेल पाएसँगै यसबारे आवश्यक डकुमेन्टको विवरणसहित जवाफ पठाइसकेको उनले जानकारी दिए ।

यस्तै, फेसबुकबाट भने आधिकारिकरुपमा कुनै पनि पत्राचार नभएको ठाकुरले बताए।नेपालकै प्लेटफर्म हाम्रो पात्रोले भने दर्ताका लागि हिजो नै सबै डकुमेन्टहरू उपलब्ध गराएको थियो । अन्य सामाजिक सञ्जाल सम्पर्कमा आएका छैनन् ।