१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशमा एम्बुलेन्समा समेत रोक लगाउँदा बिरामी अलपत्र



अ+ अ-

सुर्खेत । कोभिड–१९ को जोखिम हुन नदिन प्रहरीले एम्बुलेन्स आवतजावतमा समेत रोक लगाउँदा बिरामी अलपत्र परेका छन्।

कर्णाली प्रदेशको मूल प्रवेशद्वार सुर्खेत भेरीगंगा नगरपालिकाको बबईस्थित प्रहरीले प्रदेश सरकारको निर्णयविपरीत आज बिहानदेखि एम्बुलेन्सलाई प्रदेश छिर्न नदिएको एम्बुलेन्स चालकले बताएका छन्।

गएराति सुर्खेतदेखि बिरामी लिएर नेपालगञ्ज गएको र आज बिहान फर्कंदा ती स्थानमा रहेका प्रहरीले कुनै पनि एम्बुलेन्स प्रवेश गर्न नदिएको प्रदेश अस्पताल सुर्खेतका एम्बुलेन्स चालक समीर न्यौपानेले दुखेसो पोखे।

‘प्रदेश अस्पताल, माया नर्सिङ होम, अछाम विनायकको एम्बुलेन्स, भूपू सैनिकको दुइटा र अर्को एउटासहित छ वटा एम्बुलेन्सलाई प्रहरीले रोकेको छ’, उनले भने, ‘यसले गर्दा बिरामीलाई गन्तव्य पुर्‍याउन र अन्य फोन गरेका बिरामीलाई सेवा दिनुको साटो आफैं अलपत्र परिएको छ।’

नागरिकको जीवन रक्षाका लागि हिँडेका आफूहरूलाई एम्बुलेन्स रोकेर प्रहरीले बबईको जंगलमा लखेटेको उनले बताए।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले एक सातासम्म प्रदेश प्रवेश गर्ने सबै सीमा नाकाबाट सवारी तथा पैदल आवतजावत पूर्ण बन्द गर्ने निर्णय गरेको थियो। यद्यपी एम्बुलेन्स, शव वाहनलगायत अतिआवश्यक काममा रोक लगाउने कुनै पनि निर्णय नभएको प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए।

नेपालगञ्जमा फैलिएको कोरोना संक्रमणको जोखिम रोकथामलाई लक्षित गरेर अत्यावश्यकबाहेकका सवारी तथा पैदल आवातजावत पूर्ण बन्द गरिएको उनले बताए।

‘एम्बुलेन्स त युद्धको बेला पनि रोकिँदैनन् भने नागरिककै जीवन रक्षाका निम्ति अहोरात्र खटिएको सरकारले यो रोक्ने निर्णय गर्नु कल्पनाभन्दा बाहिरको कुरा हो’, उनले भने, ‘यसमा के भएको हो, प्रदेश सरकारले प्रहरी प्रशासनसँग सहजीकरण गर्छ।’

प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले एम्बुलेन्स रोक लगाउने कुरा राम्रो नभएको बताए।

‘प्रदेश सरकारले मान्छेको जीवन रक्षा गर्ने साधन एम्बुलेन्स र जनशक्तिमा रोक लगाउने निर्णय गर्ने कुरै भएन नि’, उनले भने, ‘प्रहरीले एम्बुलेन्स रोक्नु हुँदैन। के रहेछ त्यो बुझ्दैछु।’

यद्यपी प्रहरीले नै यसमा अटेर गरेर एम्बुलेन्स रोकेपछि प्रदेश सरकारलाई यो विषयले तनाव बनाएको छ ।