२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई पेन्सन दिने, मल विउ किसानसम्म पुर्याउ : शर्मा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद जनार्दन शर्माले किसान, मजदुर र निम्न आय भएका जनतालाई लक्षित गरी बजेट ल्याउन सुझाव दिनुभएको छ ।  

कोरोनाको प्रभाव कति हुन्छ भन्ने पूर्वानुमान नभएकाले किसान, मजदुर र निम्न आय भएका जनतालाई लक्षित गरी तत्काल काम अघि बढाउन बजेट ल्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले मुख्यगरी किसान, मजदुर, श्रमिकहरु र निम्न आय भएका जनताको प्रत्यक्ष सहभागिता गराउने कार्यक्रममा सरकारको लगानी बृहत लगानी हुनुपर्छ । यसमा सरकारको तयारी छ की छैन् ? ती जनताको कुरा गर्दा कर्णाली, प्रदेश नम्बर २ का जनता र शहरका श्रमिकलाई स्मरण गर्नुपर्यो । अन्य गरिबललाई स्मरण गरी बृहत लगानी गर्नुपर्छ ।’’

कोरोनाको समग्र प्रभाव अनुमान नगरी बजेट ल्यएमा भोली संकट उत्पन्न हुन सक्ने तर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले राजनीतिक पार्टी, नीजि क्षेत्र र सरोकार वाला सबैसँग छलफल गरी बजेट ल्याउन आग्रह गर्नुभयो ।

आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताामाथिको छलफलमा बोल्दै शर्माले अहिले बजेट परम्परागत हिसाबले आएकोले यसलाई कोरोनाको प्रभावमा मात्रै केन्द्रीत गर्न आग्रह गर्नुभयो । ‘‘कोरोनाको प्रभावमा केन्द्रीत भएर समाधान गर्नुभन्द पनि सबै कुरा समेटिभएको छ । अर्थमन्त्रालयको दिमाग उदार र वित्तिय पूँजीबादले भरिएको छ । व्यवहारमा नोकरसाही र दलाल पूँजीबाद हुर्किरहेको छ । तर सिद्धान्तमा समाजवाद भनेर मुर्ख बनाइदै छ ।’’

स्वाधिन अर्थतन्त्र निर्माणका लागि हरेक पालिकालाई आत्मनिर्भर बनाउन आधारभूत कार्यक्रमसहित अगाडी बढ्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । कम्तिमा पनि कृषि क्षेत्रमा १० प्रतिशत लगानी गरी कृषिमा आत्मनिर्भर हुने अभियानतर्फ अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । किसानलाई पेन्सन दिने, मल विउ किसानसम्म पु¥याउने कुरा प्राथमिकता दिनुपर्ने र प्राविधिक सेवा विस्तार गर्दै सहुलियत ऋण किसानको हात हातमा किसानको बारी बारीमा पुर्याउनुपर्ने उहाँले बताउनुभयो । ठूलो उद्योगपतिहरुले कृषिको नाममा ऋण लिएर अन्यत्र लगानी गरिरहेको अवस्थालाईरोक्न पनि किसानहरुको हात हातमा ऋण दिने व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

कृषि उपज राज्यले किन्ने सुनिश्चितता भएमात्रै कृषि क्षेत्रको विकास हुने र यसबाट आन्तरिक रोजगारी वृद्धि गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

रोजगारी वृद्धि र पूर्वाधार निर्माणका लागि ऋम सहकारीको अवधारणा अनुसार अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘रोजगारीका लागि श्रमिकहरुलाई कसरी संगठित गर्ने ? श्रमिकहरुलाई कसरी परिचालित गर्ने ? कम पूँजीले बढी उत्पादन कसरी गर्ने ? कम लगानी गरेर बढी लगानी पूर्वाधार कसरी गर्ने ? यसका लागि श्रम सहकारी निर्माण गर्नुपर्छ । त्यो मार्फत भौतिक पूर्वाधार र उत्पादनका कुराहरु अगाडी बढाउनुपर्छ ।’’

रुकुमको आठविसकोट नगरपालिकामा श्रम सहकारी मार्फत १० दिनमा १० बेडको अस्पताल निर्माण गरिएको प्रशंग उल्ले गर्दै शर्माले भन्नुभयो, ‘‘१० दिनमा ७ सय ५३ स्थानीय तहमा ७ हजार ५ सय ३० बेडको अस्पताल निर्माण गर्न सकिन्छ । एक महिनामा एक वडामा १ किलोमिटर बाटो निर्माण ग¥यौँ भने एक वर्षमा १२ किलोमिटर नहर वा बाटो हामीले बनाउन सक्छौँ । यसरी ६ हजार ७ सय ४३ वटा वडामा १ किलोमिटरका दरले निर्माण गर्दा १२ महिनामा ८० हजार ९ सय १६ किलोमिटर बाटो नर्माण गर्न सक्छौँ । यो अहिलेको नेपालको कुल सडक भन्दा बढी हो ।’’

शर्माले साना उद्योग मार्फत उत्पादन र स्वरोगजार बढाउन सकिने अवस्था रहेको र यसका लागि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गरी श्रम सहकारीमा संगठित गर्न गर्नुपर्ने बताउनुभयो । उत्पादन र सहकारीका लागि राज्यले सहयोग गर्नुपर्ने र त्यो अवशर अहिले प्राप्त भएको उहाँले बताउनुभयो ।