२९ भाद्र २०८३, सोमबार
,
Latest
सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले घट्यो हरेक सेकेन्ड बाँच्नका लागि गरिएका असम्भव सङ्घर्षः प्राविधिक साह तीज नारी सम्मान, समानता र सामाजिक रुपान्तरणको द्योतकः मुख्यमन्त्री आचार्य आँखा उपचारमा सञ्जाल विस्तार गर्दै भरतपुर आँखा अस्पताल एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा विभिन्न क्षेत्रका व्यक्तित्व सम्मानित बाढीपीडित बालबालिकाको संरक्षणका लागि सरकारले ल्यायो ‘स्याहार योजना नर्बेले राष्ट्रिय सभा किन खारेज गर्यो ? इण्डोनेसियामा यात्रुवाहक पानीजहाज दुर्घटना, ६ जनाको मृत्यु, १३० जना बेपत्ता फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण १४औँ महाधिवेशनको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

किसानलाई पेन्सन दिने, मल विउ किसानसम्म पुर्याउ : शर्मा



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसद जनार्दन शर्माले किसान, मजदुर र निम्न आय भएका जनतालाई लक्षित गरी बजेट ल्याउन सुझाव दिनुभएको छ ।  

कोरोनाको प्रभाव कति हुन्छ भन्ने पूर्वानुमान नभएकाले किसान, मजदुर र निम्न आय भएका जनतालाई लक्षित गरी तत्काल काम अघि बढाउन बजेट ल्याउनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘अहिले मुख्यगरी किसान, मजदुर, श्रमिकहरु र निम्न आय भएका जनताको प्रत्यक्ष सहभागिता गराउने कार्यक्रममा सरकारको लगानी बृहत लगानी हुनुपर्छ । यसमा सरकारको तयारी छ की छैन् ? ती जनताको कुरा गर्दा कर्णाली, प्रदेश नम्बर २ का जनता र शहरका श्रमिकलाई स्मरण गर्नुपर्यो । अन्य गरिबललाई स्मरण गरी बृहत लगानी गर्नुपर्छ ।’’

कोरोनाको समग्र प्रभाव अनुमान नगरी बजेट ल्यएमा भोली संकट उत्पन्न हुन सक्ने तर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराउँदै शर्माले राजनीतिक पार्टी, नीजि क्षेत्र र सरोकार वाला सबैसँग छलफल गरी बजेट ल्याउन आग्रह गर्नुभयो ।

आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताामाथिको छलफलमा बोल्दै शर्माले अहिले बजेट परम्परागत हिसाबले आएकोले यसलाई कोरोनाको प्रभावमा मात्रै केन्द्रीत गर्न आग्रह गर्नुभयो । ‘‘कोरोनाको प्रभावमा केन्द्रीत भएर समाधान गर्नुभन्द पनि सबै कुरा समेटिभएको छ । अर्थमन्त्रालयको दिमाग उदार र वित्तिय पूँजीबादले भरिएको छ । व्यवहारमा नोकरसाही र दलाल पूँजीबाद हुर्किरहेको छ । तर सिद्धान्तमा समाजवाद भनेर मुर्ख बनाइदै छ ।’’

स्वाधिन अर्थतन्त्र निर्माणका लागि हरेक पालिकालाई आत्मनिर्भर बनाउन आधारभूत कार्यक्रमसहित अगाडी बढ्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । कम्तिमा पनि कृषि क्षेत्रमा १० प्रतिशत लगानी गरी कृषिमा आत्मनिर्भर हुने अभियानतर्फ अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । किसानलाई पेन्सन दिने, मल विउ किसानसम्म पु¥याउने कुरा प्राथमिकता दिनुपर्ने र प्राविधिक सेवा विस्तार गर्दै सहुलियत ऋण किसानको हात हातमा किसानको बारी बारीमा पुर्याउनुपर्ने उहाँले बताउनुभयो । ठूलो उद्योगपतिहरुले कृषिको नाममा ऋण लिएर अन्यत्र लगानी गरिरहेको अवस्थालाईरोक्न पनि किसानहरुको हात हातमा ऋण दिने व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो ।

कृषि उपज राज्यले किन्ने सुनिश्चितता भएमात्रै कृषि क्षेत्रको विकास हुने र यसबाट आन्तरिक रोजगारी वृद्धि गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो ।

रोजगारी वृद्धि र पूर्वाधार निर्माणका लागि ऋम सहकारीको अवधारणा अनुसार अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘रोजगारीका लागि श्रमिकहरुलाई कसरी संगठित गर्ने ? श्रमिकहरुलाई कसरी परिचालित गर्ने ? कम पूँजीले बढी उत्पादन कसरी गर्ने ? कम लगानी गरेर बढी लगानी पूर्वाधार कसरी गर्ने ? यसका लागि श्रम सहकारी निर्माण गर्नुपर्छ । त्यो मार्फत भौतिक पूर्वाधार र उत्पादनका कुराहरु अगाडी बढाउनुपर्छ ।’’

रुकुमको आठविसकोट नगरपालिकामा श्रम सहकारी मार्फत १० दिनमा १० बेडको अस्पताल निर्माण गरिएको प्रशंग उल्ले गर्दै शर्माले भन्नुभयो, ‘‘१० दिनमा ७ सय ५३ स्थानीय तहमा ७ हजार ५ सय ३० बेडको अस्पताल निर्माण गर्न सकिन्छ । एक महिनामा एक वडामा १ किलोमिटर बाटो निर्माण ग¥यौँ भने एक वर्षमा १२ किलोमिटर नहर वा बाटो हामीले बनाउन सक्छौँ । यसरी ६ हजार ७ सय ४३ वटा वडामा १ किलोमिटरका दरले निर्माण गर्दा १२ महिनामा ८० हजार ९ सय १६ किलोमिटर बाटो नर्माण गर्न सक्छौँ । यो अहिलेको नेपालको कुल सडक भन्दा बढी हो ।’’

शर्माले साना उद्योग मार्फत उत्पादन र स्वरोगजार बढाउन सकिने अवस्था रहेको र यसका लागि वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गरी श्रम सहकारीमा संगठित गर्न गर्नुपर्ने बताउनुभयो । उत्पादन र सहकारीका लागि राज्यले सहयोग गर्नुपर्ने र त्यो अवशर अहिले प्राप्त भएको उहाँले बताउनुभयो ।