२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले झापाद्वारा बिरुवा रोपण अभियान



फाइल फोटो
अ+ अ-

झापा। पर्यावरण संरक्षण र फलफूलमा परनिर्भरता घटाउने उद्देश्यले नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले प्रत्येक सदस्यको घरमा अनिवार्य फलफूलको बिरुवा रोपण गर्ने अभियान सञ्चालन गरेको छ ।

एमालेले जिल्लाका १५ वटै पालिकामा बिरुवाको व्यवस्थापन गरेर सदस्यहरुलाई बिरुवा रोपण कार्यमा सरिक गराइरहेको पार्टीका जिल्ला सचिव तुलसी कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक सदस्यलाई पार्टीले नै बिरुवाको व्यवस्था गरेर आफ्ना खाली जमिनमा फलफूलको बिरुवा लगाउन अभिप्रेरित गरिरहेका छौँ ।”

यसबाट फलफूलको परनिर्भरता घटाउन समेत मद्दत पुग्ने हुँदा पार्टीले विभिन्न सङ्घसंस्था र डिभिजन वन कार्यालयसँग बिरुवा अनुदानमा लिएर सदस्यलाई वितरण गरिरहेको सचिव कार्कीले बताउनुभयो । जिल्लामा करिब ५० हजार पार्टीका सदस्यको घरमा बिरुवा रोप्ने लक्ष्य छ ।

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्ममा करिब एक लाख बिरुवा रोप्ने लक्ष्य रहेको सचिव कार्कीले जानकारी दिनुभयो । “लिची, आँप, कागती, जामुनलगायतका फल्ने बिरुवा रोपिरहेका छौँ”, उहाँले भन्नुभयो ।

निजी वन हुर्काउन चाहनेहरु, वृक्षरोपण अभियान सञ्चालन गर्ने सामाजिक सङ्घसंस्थाहरु र राजनीतिक दलहरुले कार्यालयमा निवेदन दिएर बिरुवा माग गर्दै आएका र आवश्यकता पहिचान गरेर बिरुवा उपलब्ध गराउँदै आएको डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु खड्काले बताउनुभयो । आगामी तीन वर्षमा वडाका हरेक घरअगाडि र सडक किनारमा छाँयादार, हरियाली र फल फल्ने बिरुवा हुर्काउने कार्यक्रम छ ।

यसैगरी, राष्ट्रिय युवा सङ्घ नेपालले ‘संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको’ नारासहित चालु आर्थिक वर्षको एकमहिने वृक्षरोपण अभियान सञ्चालन गरिरहेको छ । सङ्घका केन्द्रीय सदस्य तथा झापा इञ्चार्ज खगेन्द्र आङ्दम्बेले उद्यान, सामुदायिक वन र सडक किनारमा बिरुवा रोप्ने काम गरिरहेको जानकारी दिनुभयो ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले समेत गत वर्ष अभियान सञ्चालन गरेर जिल्लामा विभिन्न प्रजातिका ५० हजार बिरुवा रोपेको थियो । रासस