११ असार २०८३, बिहीबार
,
Latest
स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने व्यक्ति पक्राउ पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध कृषि पर्यटन प्रवर्द्धन गर्न असारे रोपाइँ महोत्सव ‘स्टेट अफ हर्मुज’मा शुल्क लगाए अमेरिका–इरान वार्ता अन्त्य हुने ट्रम्पको चेतावनी गैरकानुनी रूपमा बसेका २४ बङ्गलादेशी नागरिक पक्राउ हेटौँडा उपमहानगरपालिकाको बजेट सर्वसम्मतिबाट पारित अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्री मोदी फ्लाइओभरमा फसेपछि…



अ+ अ-

एजेन्सी । भारतको पञ्जाबमा प्रधानमन्त्री नरेन्द्र मोदीको फिरोजपुर र्‍याली रद्द हुनुको कारण सुरक्षामा कमजोरी भएको बताइएको छ । 

भारत सरकारको गृह मन्त्रालयले प्रधानमन्त्री मोदीको पञ्जाब भ्रमणमा सुरक्षामा कमजोरी भएको जनाएको हो । मोदी एक फ्लाइओभरमा १५–२० मिनेटसम्म फस्नुपरेको थियो । 

यसैबीच, भारतीय जनता पार्टी (भाजपा)ले भने पञ्जाब कांग्रेसले मोदीको कार्यक्रम बिथोल्ने रणनीति गरेको आरोप लगाएको छ । यसभन्दा पहिले कोरोना र मौसमी खराबका कारण मोदीको र्‍याली रद्द भएको थियो । 

प्रधानमन्त्री मोदीको फिरोजपुरमा चुनावी र्‍याली थियो । किसान आन्दोलन सकिएपछि मोदी पहिलो पटक पञ्जाब पुगेका थिए । मौसमको खराबीका कारण मोदी सडक मार्गबाट फिरोजपुर जाँदै थिए । 

यसप्रकारको सुरक्षामा कमजोरी भएको घटनाले पञ्जाब सरकारबारे प्रश्न उठेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।