७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

काभ्रेमा विपदको दश महिना : क्षतिग्रस्त निजी आवास पुन:निर्माण अलपत्र

काभ्रेमा विपदको दश महिना : क्षतिग्रस्त निजी आवास पुन:निर्माण अलपत्र
अ+ अ-

काभ्रेपलाञ्चोक । २०८१ असोज दोस्रोसाताको अबिरल वर्षापछिको बाढीपहिरोबाट क्षतिग्रस्त निजी आवासको विस्तृत क्षति अङ्कलन ९डीडीए० भइरहेको रहेको छ । क्षति आकलन सुरु गरिएको करिब चार महिनाको अवधिमा रोशी गाउँपालिकाको मात्रै डीडीए सकिएको जनाइएको छ ।

घटनाको दश महिना बितिसक्दा पनि विविध कारण अवस्थामा रहेको हो । तर, हालसम्म पनि बाढीपहिरोबाट क्षति भएका निजी आवासको पूर्णविवरण प्राप्त नहुँदा सरकारले निजी आवास पुन:निर्माणकार्य अलपत्र अघि बढाउन नसकेको जनाइएको छ । गत चैत अन्तिमसाता जिल्लामा सबैभन्दा बढी जनधनको क्षति ब्यहोरेको रोशी गाउँपालिकाबाट निजी आवासको विस्तृत क्षति आँकलन सुरु गरिएको थियो । गृहमन्त्री रमेश लेखकले रोशी गाउँपालिका–२ नारायणटारबाट यसको सुरुवात गर्नुभएको हो ।

स्थायी घर निर्माणका लागि सरकारको तर्फबाट क्रमश अनुदान उपलब्ध गराउन जिल्लामा विस्तृत क्षति आँकलनका लागि १८ जना प्राविधिक खटाइएको छ । निजी आवासको विस्तृत क्षति आँकलनको सहजीकरणका लागि स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारीलाई विशेषरूपमा ध्यानाकर्षण गराइएको छ ।

बाढीपहिरोबाट क्षति भएका निजी आवासको डिडिए सम्पन्न नभएका कारण बाढीपहिरो पीडित नागरिकले बसोबासका लागि घर निर्माण गर्न सकेका छैनन् भने सरकारले निजी आवास पुन:निर्माणको लागि प्रदान गर्ने अनुदान रकमको टुङ्गोसमेत लाग्न सकेको छैन । यसकारण बाढीपहिरो पीडित यहाँका नागरिकले आवास निर्माणको लागि सरकारबाट रकम नआउँदा आफन्तको घर तथा भाडामा बस्न बाध्य हुँदै आएका छन् ।

काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये बढी जनधनको क्षति पुगेको नमोबुद्ध नगर, पनौती नगर, बेथानचोक गाउँपालिका, तेमाल, भुम्लु, खानीखोला, महाभारत गाउँपालिकालगायतका प्रभावित स्थानीय तहको भने विस्तृत क्षति आङ्कलनको पूर्णतथ्याङ्क आउन नसकेको हो । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोले क्षति पुगेको गाउँपालिकाको ५ सय ६३ घरको डिडिए गरिएको जानकारी दिनुभयो । उहाँँका अनुसार डीडीएबाट प्राप्त प्रतिवेदनमा १ सय ९९ घर पुनर्निर्माण गर्नुपर्ने, २१ घरको माइनर रेट्रोफिटिङ तथा १९ घरको मेजर रेट्रोफिटिङ गर्नुपर्ने जनाइएको छ । यस्तै १९१ परिवारको आवश्यक कागजात नपुगेको, १०७ घरधुरीको पुन:निर्माण आवश्यक नरहेको उल्लेख गरिएको हो ।

यसैगरी नमोबुद्ध नगरमा डीडीएका लागि छनोट भएका ८२४ घरमध्ये हालसम्म ५२७ घरको डीडीए गरिएको नगर कार्यालयले जनाएको छ । उक्त नगरको वातावरण शाखा प्रमुख सन्तोष काफ्लेका अनुसार वडा नं ४, ५, ६ र ७ का २९७ घरको डीडीए गर्न बाँकी रहेको छ । डीडीए गर्न खटिएका कर्मचारीको समयसिमा सकिएका कारण चार वडामा डीडीएकार्य रोकिएको हो ।

पनौती नगरमा ६३५ क्षतिग्रस्त घरको डीडीएकार्य गर्न आठ जना प्राविधिक खटाइएको छ । नगरका सिनियर डिभिजनल इन्जिनियर सन्तोष अधिकारीका अनुसार यस हप्तासम्ममा करिब ३५० घरको डीडीएकार्य सकिएको छ ।

यस्तै बेथानचोक गाउँपालिकाका इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले बाढीपहिरोबाट क्षति भएका २८५ घरको डीडीएकार्य गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार हालसम्म १८ घरको डीडीएकार्य सकिएको छ । उहाँले कर्मचारी अभावका कारण डीडीएकार्य ढिलाइ भएको बताउनुभयो ।

यसअघि सरकारले बाढीपहिरो पीडितलाई गत जेठमा अस्थायी आबास निर्माणका लागि काभ्रेपलाञ्चोकको १२ स्थानीय तहमा अनुदान पठाइएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणमार्फत नेपाल सरकारले पहिलो किस्ता बापत रु २५ हजारका दरले राहत रकम उपलब्ध गराएपछि काभ्रेको १२ तहका करिब तीन हजार घरपरिवारका स्थानीय तहमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उल्लेखित प्रभावित परिवारका लागि उपलब्ध गराइने रु ५० हजार राहत रकममध्ये पहिलो किस्तास्वरुप रु २५ हजार उपलब्ध गराइएको कार्यालयका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिनुभयो ।

उक्त बाढीपहिरोबाट काभ्रेपलाञ्चोकका ८१ जनाले ज्यान गुमाएका थिए । छ जना अझै वेपत्तामा सूचीकृत छन् भने १०० को हाराहारिमा घाइते भएका थिए । रासस