२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्टर्नसीप पूरा गरेका ६० चिकित्सकलाई प्रमाणपत्र वितरण



अ+ अ-

काठमाडौँ।  नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयमा अध्ययनरत एमबिबिएसतर्फका आठौँ ब्याचका इन्टर्नसीप पूरा गरेका ६० जना चिकित्सकलाई प्रमाणपत्र वितरण गरिएको छ ।

जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले सो प्रमाणपत्र वितरण गर्नुभयो ।  कार्यक्रममा प्रधान सेनापतिले इन्टर्नसीप पूरा गरेका चिकित्सकलाई बधाई दिँदै आगामी कार्यकालको शुभकामना दिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कार्यक्रममा कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीबृन्द, महाविद्यालयका प्राध्यापक तथा प्राचार्य र अधिकृतहरूको उपस्थिति थियो ।

विसं २०६८ भदौबाट सञ्चालनमा आएको नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानअन्तर्गत चिकित्साशास्त्र महाविद्यालयबाट हालसम्म आठ सय १५ जना चिकित्सकले एमबिबिएस अध्ययन पूरा गरेका छन् । रासस