२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा रहने छ : मुख्यमन्त्री बानियाँ



अ+ अ-

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा निजी क्षेत्र, यातायात, सीमान्तकृत र विपन्न समुदाय रहने बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी सङ्घले आज एक कार्यक्रम आयोजना गरी उहाँलाई बधाइ तथा स्वागत गरेको थियो ।  सङ्घको सल्लाहकार समेत रहनुभएका मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यातायात व्यवसायीलाई उत्साह जगाउने गरी काम गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री बानियाँले सङ्घीय सरकारसँग समन्वय गरी जीर्ण अवस्थाका राष्ट्रिय राजमार्गहरु मर्मतका लागि पहल गर्ने बताउनुभयो ।

पथलैया–हेटौँडा–नारायणगढ सडक विस्तारलाई छिटो सम्पन्न गर्नुपर्नेमा उहाँको जोड छ । मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा निजी क्षेत्र विकासको मुल मेरुदण्ड रहने बताउनुभयो ।

सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात व्यवसायका समस्याहरुबारे मुख्यमन्त्री बानियाँलाई अवगत गराउनुभयो । पञ्जीकरणका नाममा यातायात क्षेत्रमा भ्रष्टचारको सुरुवात भएको गुनासो उहाँले गर्नुभयो । रासस