७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो

नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा रहने छ : मुख्यमन्त्री बानियाँ

नीजि क्षेत्र, विपन्न र सीमान्तकृत पहिलो प्राथमिकतामा रहने छ : मुख्यमन्त्री बानियाँ
अ+ अ-

हेटौंडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो कार्यकालको पहिलो प्राथमिकतामा निजी क्षेत्र, यातायात, सीमान्तकृत र विपन्न समुदाय रहने बताउनुभएको छ ।

नारायणी यातायात व्यवसायी सङ्घले आज एक कार्यक्रम आयोजना गरी उहाँलाई बधाइ तथा स्वागत गरेको थियो ।  सङ्घको सल्लाहकार समेत रहनुभएका मुख्यमन्त्री बानियाँले यातायात क्षेत्रको सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

यातायात व्यवसायीलाई उत्साह जगाउने गरी काम गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री बानियाँले सङ्घीय सरकारसँग समन्वय गरी जीर्ण अवस्थाका राष्ट्रिय राजमार्गहरु मर्मतका लागि पहल गर्ने बताउनुभयो ।

पथलैया–हेटौँडा–नारायणगढ सडक विस्तारलाई छिटो सम्पन्न गर्नुपर्नेमा उहाँको जोड छ । मुख्यमन्त्री बानियाँले लोकतन्त्रमा निजी क्षेत्र विकासको मुल मेरुदण्ड रहने बताउनुभयो ।

सङ्घका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात व्यवसायका समस्याहरुबारे मुख्यमन्त्री बानियाँलाई अवगत गराउनुभयो । पञ्जीकरणका नाममा यातायात क्षेत्रमा भ्रष्टचारको सुरुवात भएको गुनासो उहाँले गर्नुभयो । रासस