७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा

पहिराले अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
अ+ अ-

पाल्पा। अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

सिद्धबाबा क्षेत्रका तीन ठाउँमा ढुङ्गासहित पहिरो खसेपछि सोमबार साँझदेखि पूर्णरूपमा अवरुद्ध बनेको सडक आज साँझादेखि एकतर्फी सञ्चालनमा आएको हो ।

वर्षा रोकिएपछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसनको सहयोगमा पहिरा पन्छाएर सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यले जानकारी दिनुभयो ।

राजमार्गको पाल्पा तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रको नागडाँडा, ड्यामसाइड, सिद्धबाबालगायत स्थानमा खसेका पहिराले सोमबार बेलुकीदेखि सडक अवरुद्ध भएको थियो । निरन्तरको वर्षाका कारण सडकमा खसेका पहिरा पन्छाउन नसकेर राजमार्ग  खुलाउन ढिलाइ भएको प्रमुख आचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी परिरहेको र माथिबाट ढुङ्गासहितको पहिरो झर्न नरोकिएकाले केही समस्या आएको हो । अहिले डोजर लगाएर दुवैतर्फ खुलाउने प्रयास भइरहेको छ ।”

सोमबार दिनभर बेला–बेलामा पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन गरे पनि साँझातिरदेखि पुनःनिरन्तर वर्षा भइरहेकाले पहिरो निरन्तर खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको थियो । पानी रोकिनासाथ कर्पोरेसनले डोजर लगाएर सडक खुलाउन सहयोग गरेको उहाँको भनाइ छ ।

पुनः पानी पर्नासाथ राजमार्गको माथिल्लो भेगबाट ढुङ्गा खसेपछि सवारीसाधन रोकिने ट्राफिक कार्यालयले जनाएको छ । यात्रुलाई जोखिमका बेला अत्यावश्यकबाहेक यात्रा नगर्न दोभान प्रहरी चौकीले अनुरोध गरेको छ ।

पानी परेर सिद्धबाबा खण्डमा पहिरो खस्ने, ढुङ्गा खस्ने भएपछि प्रहरी चौकी दोभान, प्रभास, बर्तुङले सवारीसाधन रोक्दै गरेका छन्  । पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्जा, पोखरा, बागलुङ, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट आवतजावत गर्ने सवारीसाधन बाटोमा रोकिएका थिए । सडक एकतर्फी खुलेपछि सवारी गन्तव्यतर्फ लागेका छन् ।रासस