२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम गुणस्तरको पाँच हजार १७० किलोग्राम दाल आयातमा रोक



अ+ अ-

काठमाडौँ। खाद्य प्रविधि गुण नियन्त्रण विभागले मापदण्डविपरीतका मास तथा मसुरोको दाल आयातमा रोक लगाइएको जनाएको छ ।

न्यू श्री बेटल ट्रेडर्स, कञ्चनपुर, भीमदत्तले भारतबाट पैठारीको लागि धनगढी भन्सार नाकामा ल्याएको दुई हजार ९२० किलोग्राम मसुरोको दाल र दुई हजार २५० किलोग्राम मासको दाल विभागअन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय, धनगढीले परीक्षण गरेको थियो ।

परीक्षण गर्दा मसुरोको दालमा किराले क्षति पुर्‍याएको दानाको मात्रा मापदण्डमा तोकिएभन्दा बढी पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनुभयो ।

मासको दालमा बाह्य रङको उपस्थिति पाइएको पनि उहाँले सुनाउनुभयो । दुवै दाल आयात गर्न नमिल्ने भनी धनगढी भन्सार कार्यालयलाई प्रतिवेदन पठाइएको विभागले जनाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा परिभाषित खाद्य पदार्थ पैठारी गर्न अनिवार्य रूपमा ऐनको दफा १३ को उपदफा (१) बमोजिम खाद्य पदार्थको पैठारी गर्न चाहने खाद्य व्यवसायीले खाद्य पदार्थ पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट स्वीकृति लिएर गर्नुपर्ने व्यवस्था छ ।

उपदफा (२) बमोजिम पैठारीका लागि स्वीकृति प्राप्त गरी प्रवेश नाकामा ल्याइएका खाद्य पदार्थ नेपालभित्र पैठारी गर्नुअघि विभाग वा विभागले तोकेको कार्यालयबाट प्रवेश अनुमति लिएर मात्र खाद्य पदार्थ पैठारी गर्नुपर्ने नियम छ ।

खाद्य पदार्थ पैठारी गर्ने खाद्य व्यवसायीलाई विभागले आज विज्ञप्तिमार्फत जानकारी पनि गराइएको छ । नियमले तोकेअनुसार नगरेको पाइएमा ऐनबमोजिम कारबाही हुने पनि विभागले जनाएको छ । रासस