७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

मोदीद्वारा माल्दिभ्ससँग सम्बन्ध नवीकरण

मोदीद्वारा माल्दिभ्ससँग सम्बन्ध नवीकरण
अ+ अ-

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार माल्दिभ्सको भ्रमण समाप्त गर्दै पूर्वाधार परियोजनाहरू र नगद अभावमा रहेको यस हिन्द महासागरीय राष्ट्रलाई महत्त्वपूर्ण आर्थिक सहायता प्रदान गरेर सम्बन्ध नवीकरण गर्नुभएको छ ।

क्षेत्रीय शक्ति भारतले आफ्नो सानो तर रणनीतिक रूपमा महत्त्वपूर्ण छिमेकी राष्ट्र माल्दिभ्स सन् २०२३ मा भारत विरोधी मञ्चमा राष्ट्रपति मोहम्मद मुइज्जुको निर्वाचनपछि आफ्नो प्रतिद्वन्द्वी चीनको कक्षामा जाँदै गरेकामा चिन्ता व्यक्त गरेको थियो ।

कार्यालयमा आएपछि मुइज्जुले द्वीप समूहमा खोज र उद्धार विमान सञ्चालन गर्ने भारतीय सैन्य कर्मचारीहरूको सानो टोलीलाई फिर्ता गराउन सफल हुनुभएको थियो ।

तर त्यसपछि उहाँले आफ्नो भारत विरोधी बयानबाजीलाई कम गर्नुभएको छ र शुक्रबार उहाँले सुरक्षा र व्यापारमा दुवै राष्ट्रको सहयोगको प्रशंसा गर्नुभयो ।

मुइज्जुले मोदीसँगको भाषणमा भन्नुभयो, “भारत लामो समयदेखि माल्दिभ्सको सबैभन्दा नजिकको र भरपर्दो साझेदार रहेको छ ।” उहाँले गत वर्ष मोदीसँग दुई पटक भेट गर्नुभएको थियो ।

मुइज्जुले भन्नुभयो, “हामी भारतको मित्रताको गहिरो कदर गर्छौं र आवश्यकताको घडीमा तपाईंको देशले हामीलाई दिएको समयमै सहायताका लागि कृतज्ञ छौँ ।”

शुक्रबार आफ्नो आगमनको केही समयपछि नै मोदीले फस्टाउँदो पर्यटन उद्योगका बावजुद गम्भीर विदेशी मुद्रा अभावको सामना गरिरहेको माल्दिभ्सका लागि ५६ करोड ५० लाख डलरको क्रेडिट लाइनको घोषणा गर्नुभयो ।

भारतले पहिलेको क्रेडिट लाइनको वार्षिक फिर्ता भुक्तानी पाँच करोड १० लाख डलरबाट घटाएर दुई करोड ९० लाख डलर पुर्‍यायो र दुवै पक्षले सम्भावित मुक्त व्यापार सम्झौताबारे छलफल गरे ।

मुइज्जुले नयाँ क्रेडिट लाइनले माल्दिभ्सका सुरक्षा बलहरूलाई बलियो बनाउने र स्वास्थ्य सेवा, आवास र शिक्षामा सुधार ल्याउने बताउनुभयो ।

आफ्नो दुई दिने भ्रमणका क्रममा मोदीले नयाँ रक्षा मन्त्रालयको मुख्यालय र भारतद्वारा वित्त पोषित धेरै पूर्वाधार परियोजनाहरू, सडकहरू र चार हजार युनिटको आवास योजना समेतको उद्घाटन गर्नुभयो ।

शनिबार भारतीय प्रधानमन्त्री मोदी ६०औँ स्वतन्त्रता दिवसको समारोहपछि राजधानी माले छोडेपछि मुइज्जुले एक्समा मोदीको भ्रमणले ‘माल्दिभ्स–भारत सम्बन्धको भविष्यका लागि स्पष्ट बाटो’ तय गरेको लेख्नुभयो ।

“हाम्रो सम्बन्ध निरन्तर बढ्दै छ, जुन जनताबीचको सम्बन्ध र विभिन्न क्षेत्रमा सहयोगले आकार दिएको छ”, मोदीले आफ्नै एक्समा पोस्टमा लेख्नुभयो, “भारत माल्दिभ्सका जनताका आकांक्षाहरूलाई समर्थन गर्न प्रतिबद्ध छ ।”

लक्जरी पर्यटन र प्राचीन समुद्री तटहरूका लागि प्रसिद्ध माल्दिभ्स भूराजनीतिक हटस्पट पनि हो । यहाँ विश्वव्यापी ढुवानी मार्गहरू भूमध्य रेखाको आठ सय किलोमिटर ९पाँच सय माइल० मा फैलिएका यसका एक हजार एक सय ९२ टापुबाट गुज्रिन्छन् ।

चीन र भारत माल्दिभ्सका दुई सबैभन्दा ठूला द्विपक्षीय ऋणदाता हुन् ।