७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन

एमसीसी अझै अनिर्णित, नेकपा सचिवालय बैठक स्थगित

एमसीसी अझै अनिर्णित, नेकपा सचिवालय बैठक स्थगित
अ+ अ-

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का बारेमा छलफल गर्नेगरी आज अपराह्न बस्ने भनिएकाे नेकपा सचिवालयकाे बैठक स्थगित भएकाे छ । 

एमसीसी संसदबाट पारित गर्नैपर्ने दबाबमा परेको सरकारले यस बारेमा पार्टीका शीर्ष नेताहरुसंग छलफल गर्नेगरी आजका लागि बैठक डाकिएकाे थियाे ।

सरकार र पार्टी भित्र तथा बाहिर तिब्र बिरोध रहेको अवस्थामा यस बारेमा टुङ्गोमा पुग्न सचिवालयको बैठक बस्न लागेको थियाे ।

यसअघि पनि पटक पटक शीर्ष तहमा छलफल भएपनि कुनै निर्णय हुन सकेको थिएन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली एमसीसी सम्झौता चालु संसदबाट  पास गर्नुपर्ने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल भने पार्टीले गठन गरेको कार्यदलले बुझाएको प्रतिबेदनलाई स्थायी समितिको बैठकमा छलफलमा लैजानु पर्ने र त्यही बाट निष्कर्ष निकाल्दा उपयुक्त हुने पक्षमा रहँदै आउनु भएको छ ।  

कार्यदलका रहेका खनाल र नेता भीम रावलले यही अवस्थामा संसदबाट पारित गर्न नहुने राय दिनु भएको छ भने अर्का सदस्य परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले १५ बुँदे फरक मत राख्दै पारित गर्नुपर्ने सुझाब दिनु भएको छ ।

कार्यदलका सदस्यहरुबाट फरक फरक राय आएपछि सचिवालयमा रहेका नेताहरुले यससंग सम्बन्धित पक्षहरु अर्थमन्त्री डा युवराज खतिवडा, एमसीसीका नेपालका  कार्यकारी निर्देशक खड्गबहादुर बिष्ट, नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसंग पनि पटक पटक छलफल गरिसकेका छन् ।