२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयरकाे ‘डेमाे’ उडान अभ्यास



अ+ अ-

काठमाडाैंः कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द हवाई उडान सञ्चालन हुनुपूर्व बुद्ध एयरले अभ्यास गरेको छ ।

सरकारले उडान प्रोटोकल बनाएर हवाई सेवा सञ्चालनको तयारी गरेसँगै बुद्धले उडानपूर्व बिहीबार अभ्यास गरेको हो ।

उडान सुरु भएपछि कुनै संक्रमित यात्रु जहाजमा भएको अवस्थामा अरुलाई संक्रमण फैलिनबाट राक्ने सकियोस भनेर अभ्यास परीक्षण भएको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले बताउनुभयो ।

प्रोटोकलअनुसारको तालिम दिएर अभ्यास थालिएको उहाँले बताउनुभयो ।

आन्तरिक उडान करिब ४० दिनपछि सुरु हुने भएपनि अभ्यास निरन्तर जारी रहने उहाँको भनाई छ । बुद्धले नियमित उडान सुरु भएपछि आवश्यकता अनुसार यात्रुलाई स्यानिटाइजर र मास्क दिने व्यवस्था पनि गरेको उहाँले बताउनुभो ।

यात्रुलाई कम्पनीले नै भाइजर दिनेछ । तर, भाइजरको लागत मूल्य ५५ रुपैयाँ भने यात्रुबाट लिने उहाँले बताउनुभयो ।

हरेक उडानपछि जहाव डिसइन्फेक्सन हुने उहाँको भनाई छ ।