२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारलाई सांसद शर्माको प्रश्न – अलिकति पनि दया लाग्दैन, हृदय छैन ?



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले सरकारले ५ वटा जिल्ला बाहेक अरु जिल्लाका नागरिक नेपाली होइनन् भन्दै प्रश्न गर्नुभएको छ ।

आईतवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई प्रश्नै प्रश्न तेर्साउनुभएको हो । उहाँले ५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन भन्दै प्रश्न गर्नुभयो । उहाँले कर्णाली, मुगुदेखि तराई–पहाडका ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? भन्दै प्रश्न गर्नुभयो । उहाँले नागरिकलाई खानेपानीदेखि सिँचाइको लागि बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले प्रधानमन्त्री र मन्त्रीहरूलाई अलिकति पनि दया नलाग्ने गरेको जिकिर गर्नुभयो । नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? प्रश्न गर्दै उहाँले देशको मन्त्री हो या सानो झुन्डको भन्दै प्रश्न गर्नुभयो । उहाँले अब ५ जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट हाले पुग्ने हो भन्दै प्रश्न तेर्साउँदै अर्को पटक यसरी सदन चलाउन सक्नुहुन्छ भन्दै टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, “५ वटा जिल्लाका मात्र नेपाली नागरिक हुन त ? हाम्रो कर्णाली, मुगु, मुस्ताङ, मधेसको, तराइको, पहाडको ५ जिल्ला बाहेक ७२ जिल्लाका मान्छेहरू नेपाली नागरिक होइनन् ? तपाईँहरूलाई अलिकति दया लाग्दैन ? त्यहाँका नागरिकले पानी खान पाइदिए हुन्थ्यो, किसानहरूको लागि भत्किएको कुलो अलिकति बनाइदिन पाए हुन्थ्यो, सिँचाइको लागि एउटा बोरिङ गाडिदिन पाए हुन्थ्यो भन्ने लाग्दैन ? म तपाईँहरूलाई भन्न चाहन्छु, नागरिकप्रति उत्तरदायी हुने हृदय छ कि छैन ? तपाईँहरूको देशको मन्त्री, नेता हो कि देशको एउटा सानो झुन्ड भित्रको ? तपाईँहरू एक्लै चुनाव जितेर आएको हो ? त्यसो भए गठबन्धनको आवश्यकता किन ? अब यही ४–५ वटा जिल्लाका मान्छेहरूले मात्रै रुख र सूर्यमा भोट  हाले भयो त ? तपाईँहरू अर्को पटक सदन चलाउन सक्नुहुन्छ ? यो मेरो गम्भीर प्रश्न हो यहाँहरूलाई ।”  

उहाँले आगामी आर्थिक वर्षको बजेटलाई तत्काल संशोधन गरी समन्यायिक बनाउनुपर्ने बताउनु भयो ।