२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाङमा मात्र ५४ बालबालिकामा कोरोना पुष्टि



अ+ अ-

दाङ  । दाङ जिल्लामा ५४ बालबालिकामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। करिब डेढ महिनाको अवधिमा जिल्लाका विभिन्न ठाउँमा ११ बालिका र ४३ बालकमा कोरोना संक्रमण देखिएको हो।

जिल्ला आपत्कालीन कार्य सन्चालन केन्द्रका अनुसार कोरोना संक्रमित सबैभन्दा धेरै बालबालिका बंगलाचुली गाउँपालिकामा २५, घोराही उपमहानगरपालिकामा २०, लमही नगरपालिका र तुलसीपुर उपमहानगरपालिकामा ३(३, राप्ती गाउँपालिकामा २ र गढवा गाउँपालिकामा एक बालकमा कोरोना संक्रमण देखिएको केन्द्रका विनायक पौडेलले जानकारी दिएका छन्।

संक्रमित बालबालिकामध्ये हालसम्म १० जना डिस्चार्ज भएका छन् भने बाँकी ४३ बालबालिका कोरोना विशेष अस्पताल बेलझुन्डी, कोरोना विशेष आइसोलेसन सेन्टर नारायणपुर, देउखुरी कोरोना आइसोलेसन सेन्टर लालमटिया र बंगली गाउँपालिकाले निर्माण गरेको आइसोलेसन सेन्टरमा उपचाररत छन्।

कोरोना संक्रमित हुने एक वर्षसम्मका बालिका छन्। संक्रमित एकजनाबाहेक ५३ बालबालिका अभिभावकसहित भारतबाटै फर्किएका रहेका छन् ।

जिल्लामा हाल कोरोना संक्रमितसंख्या ३ सय ८० जना रहेका छन्। त्यसमध्ये ९३ जना उपचारपछि फर्किएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये दंगीशरण गाउँपालिकामा अझै कोरोना भाइरसको संक्रमण देखिएको छैन।