२६ आश्विन २०८१, शनिबार
,
Latest
नेपाल पराजित, काभा भलिबलको उपाधि उज्वेकिस्तानलाई राष्ट्रपतिको हातबाट टिका ग्रहणका लागि पुगे उच्चपदस्थ अधिकारी र सर्वसाधारण (तस्बिरहरू) पूर्वराजाबाट दशैँको टिका लगाउन सर्वसाधारणको भीड (तस्बिरसहित) प्रधानमन्त्रीबाट मानवसेवा आश्रमको राष्ट्रिय उद्वार यात्राको शुभारम्भ नेपालबाट बाहिरियो मनसुन करेन्ट लागेर दुई बालिकाको मृत्यु राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान कालिका मन्दिरमा चार लाख दर्शनार्थी धोनीलाई कप्तानी गरेका आईपिएल टोली चेन्नईका राजिव पोखरा एभेन्जर्सको मुख्य प्रशिक्षकमा नियुक्त सौराहामा टीका र जमरा थाप्दा बाह्य पर्यटक दङ्ग
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनटीएका खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दोमा भाग लिने



अ+ अ-

काठमाडौं । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका छन् । दुवै प्रतियोगिता पुम्से विधामा हुने छ ।

जुलाई ७ देखि १० तारिखसम्म हुने प्रथम मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो इस्पोर्ट्स च्यालेन्जमा ७ खेलाडीले विभिन्नि स्पर्धामा प्रतिस्पर्धा गर्ने एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । प्रवीण श्रेष्ठले ९ वर्षमुनि, भिजन तामाङले ११ वर्षमुनि, प्रगति कुइकेलले १४ वर्षमुनि, अस्मिता नगरकोटीले १७ वर्षमुनि, चन्दु शाही र पुष्पप्रसाद गौतमले ३९ वर्षमुनि तथा मधुसुधन सापकोटाले ४० वर्षमाथि स्पर्धामा खेल्ने छन् ।

त्यस्तै अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीको आयोजनामा हुने आईओएफटीसी लकडाउन कोभिड– १९ अनलाइन भिडियो च्याम्पियनसिपमा ५ खेलाडीले सहभागिता जनाउने छन् । मेलिना राई र प्रगति कुइकेलले १२–१४ वर्ष, अस्मिता नगरकोटीले १५–१७ वर्ष, चन्दु शाही र पुष्पप्रसाद गौतमले १८–३० वर्ष र मधुसुधन सापकोटाले ४१–५० वर्ष उमेरसमूहमा आफ्नो कौशल प्रदर्शन गर्ने छन् । प्रतियोगिता जुलाई १२ देखि १८ तारिखसम्म हुने छ ।
खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, समाजसेवी अमरचन्द्र बोहरालगायतले एक कार्यक्रमबीच सफलताका लागि शुभकामना दिएका थिए ।
सो अवसरमा मेयर थापाले पदक विजेता खेलाडीलाई नगरपालिकाले नगदसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष खड्काले बताए । दुवै प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।