काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले लाखौँ युवा ठगिएको विषयलाई उठाउँदा सरकारले आफूहरूको आन्दोलनलाई नजरअन्दाज गरेको बताएका छन् ।
बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ढकालले मानव तस्करविरुद्धको आफूहरुको आन्दोलन जारी रहेको बताएका हुन् ।
सरकारले लाखौँ नेपाली ठगिएमो विषयमा आन्दोलित हुँदा पनि नजरअन्दाज गरेको उनको आरोप छ । संसदमा गृहमन्त्रीले जवाफ दिनेक्रममा आफूमाथि लागेका आरोपहरुको खण्डन र जवाफ दिने नभई भुइँमान्छेका आवाजमाथि कटाक्ष गरेको उनको आरोप छ ।
उनले भने, ‘हामीले लाखौँलाख ठगिएको विषयमा आन्दोलित हुँदै गर्दा सरकार किन हाम्रो आन्दोलनप्रति नजरअन्दाज गर्दैछ ? गृहमन्त्रीज्यूले संसदमा आएर भूइँमान्छेका आवाजमाथि कटाक्ष गर्नुभयो । तर त्रिभुवन विमानस्थलबाट मानव बेचबिखन ब्यूरो किन हटाइयो ?’









