३ भाद्र २०८३, बुधबार
,
Latest
वर्षाजन्य विपद्ः विभिन्न सडकमा यातायात अवरुद्ध महाकाली नदीमा एक हजार २२० मिटर तटबन्ध निर्माण नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेल राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने अन्तरिक्ष प्रविधिमा चीनको नयाँ सफलताः ‘जुके–३’ रकेटको पहिलो खण्ड जमिनमा सफल अवतरण खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला कावुलको एक विद्यालय बाहिर विस्फोट, धेरै विद्यार्थी घाइते टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्सविरुद्ध नेपाललाई १५३ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध १५३ रनको लक्ष्य पाएको छ।

ग्लास्गोस्थित टिटउड मैदानमा सोमबार टस जितेर फिल्डिङ रोजेको नेपालसँग नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनायो।

नेदरल्यान्ड्सका लागि तेजा निदामानरुले सर्वाधिक ३५ रन बनाउँदा विक्रमजित सिंहले ३०, साकिब जुल्फिकारले २५, माइकल लेभिटले २० र म्याक्स ओडाउडले १९ रन जोडे।

नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, नन्दन यादवले २ विकेट तथा ललित राजवंशी र कुशल भुर्तेलले १–१ विकेट लिए। अब नेपालले लक्ष्य पछ्याउँदै विजयी सुरुवात गर्ने लक्ष्यसहित ब्याटिङ गर्नेछ।