१५ असार २०८३, सोमबार
,
Latest
जगदुल्ला जलविद्युत् परियोजनाले बदल्दै डोल्पाको मुहार पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन पुनर्वासबिनै सुकुम्बासी हटाउन खोजिएको भन्दै सरकारमाथि नारायणकाजीको आक्रोश देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न रुसको सेन्ट पिटर्सबर्गमा भव्यताका साथ मनाइयो ‘स्कार्लेट सेल्स’ महोत्सव युरोपमा प्रचण्ड गर्मीको लहरः जलवायु परिवर्तनका कारण जनजीवन प्रभावित चीनको सिचुआनमा ५.५ म्याग्निच्युडको भूकम्पः १३ जना घाइते ८९ अंकसहित भरतपुर अस्पताल उत्कृष्ट जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यकः राष्ट्रपति
तपाईं के खोज्दै हुनुहुन्छ ?

सलह नियन्त्रणलाई गण्डकीमा ‘र्यापिड रेस्पोन्स’ टोली



अ+ अ-

कास्की । गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पुर्याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह (र्यापिड रेस्पोन्स टोली) गठन गरिएको छ ।
    
छिमेकी प्रदेश तथा तरार्ईका जिल्लामा सलह देखिएको तथा हावाको बहावसँगै प्रदेशमासमेत देखिनसक्ने सम्भावना बढेकाले नियन्त्रणका लागि प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वरिष्ठ बाली संरक्षण अधिकृत विनोद हमालको संयोजकत्वमा छ सदस्सीय टोली गठन गरेको हो । टोलीमा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम अधिकारी, बागबानी विकास अधिकृत अर्जुनदेव ज्ञवाली, बाली संरक्षण अधिकृत मीरा चौधरी र सञ्जीव बाँस्तोला तथा कृषिप्रसार अधिकृत विश्वास काफ्ले सदस्य रहनुभएको छ । 
    
मन्त्रालयले सलहबारे केही बुझ्नु परेमा, शङ्का लागेमा वा थप जानकारी आवश्यक परेमा किसानलाई टोलीका सदस्यसँग सम्पर्क गर्न आग्रह गरेको छ । सलह आउँदै गरेको पाइएमा चर्को ध्वनी, धुवाँ आदिको प्रयोग गरी बस्न नदिई झुण्डलाई अन्यत्र मोडिदिन तथा नर्सरी र करेसाबारी जस्ता साना क्षेत्रफलमा हुने खेतीमा जालीले छोपेर बाली जोगाउन कृषकमा आग्रह गरेको छ । 
    
त्यसैगरी ठूलो झुण्डमा देखिने भएकाले थोरै सङ्ख्यामा सलह जस्तै देखिने फट्याङ्गा देख्दैमा भ्रमित र आतङ्कित नभई सजग हुन र विषादी प्रयोग गर्नुपरेको खण्डमा सुरक्षित पहिरनको प्रयोग गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ । टोलीका सदस्य ज्ञवालीले प्रदेशका केही जिल्लामा सलह जस्तै फट्याङ्ग्रा देखिए पनि हालसम्म सलहनै हो भनेर पुष्टि नभएको बताउनुभयो ।