२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम प्रदेशः सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । प्रदेशसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफल सुरु भएको हो ।

छलफलमा भाग लिने प्रदेशसभा सांसदहरू ललिता सुनार, मानबहादुर धामी, तुलसी देवकोटा, धर्मराज पाठक, खुसीराम डगौरा थारू, प्रकाश रावल, डा ताराप्रसाद जोशी, मधुदेवी भारती, दमनबहादुर भण्डारी र पदमबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममा कतिपय विषय छुटेका भन्दै ती विषय समेट्नुपर्ने सुझाव दिनुभयो ।

यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल गरियोस्’ भनी सभामा प्रस्ताव पेस गर्नुभएको थियो ।

आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ माथि सामान्य छलफल गरिएको छ ।

उक्त प्रस्तावमाथि भएको छलफलमा प्रदेशसभा सांसद शिवराज भट्ट र चक्रबहादुर मल्लले भाग लिनुभएको थियो । आन्तरिक मामिला तथा कानुनमन्त्री सार्कीले छलफलमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।

बैठकको प्रारम्भमा प्रदेशसभाअन्तर्गतको सामाजिक विकास समितिका सभापति धर्मराज पाठकले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । रासस