३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहन गृहमन्त्री लेखकको निर्देशन



अ+ अ-

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचनाअनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीका सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल नेपालले गरेको विपद् पूर्वतयारीबारे आज जानकारी लिँदै उहाँले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्न निर्देशन दिनुभयो । गृहमन्त्री लेखकले भन्नुभयो,“विपद् व्यवस्थापनको जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकिएको छ, त्यसैले आजैदेखि मनसुनजन्य विपद्को तयारीमा लाग्नुहोस् ।

पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनुस् । जोखिमयुक्त बस्तीमा समयमा सूचना दिने र विपद्पश्चात् तत्काल उद्धार गरेर सुरक्षित ठाउँमा पु¥याउने अवस्था बनाउने गरी तयारी गर्न आवश्यक छ ।”

गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाउँदै राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र (एनइओसी)को एउटा शाखा राख्नसमेत आग्रह गर्नुभयो । “यस्तो शाखामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुप¥यो ।

कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा छिटो काम गर्न मद्दत पुग्छ”, उहाँले भन्नुभयो ।

गृहमन्त्री लेखकले यस वर्ष विगतमा भन्दा बढी मनसुन हुने अनुमान गरिएकाले सोहीअनुसार तयारी अवस्थामा रहनुपर्नेमा जोड दिनुभयो । बढी जोखिम देखिएका ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई पनि गम्भीरतापूर्वक लागू गर्नुपर्ने उहाँको भनाइ थियो । “कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, कुनै पनि ठाउँमा हाम्रो कमजोरी भयो भन्ने अवस्था आउनुभएन । चौबिसै घण्टा तयारी अवस्थामा रहनुप¥यो”, उहाँले भन्नुभयो ।

छलफलमा सशस्त्र प्रहरीले विपद्को पूर्वतयारीबारे विस्तृत जानकारी दिइएको थियो । विद्युतीय माध्यमबाट सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिहरूले समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको थियो ।