२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक’



अ+ अ-

गण्डकी। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एक अर्काका परिपूरक भएको बताउनुभएको  छ ।

राष्ट्रिय मानवअधिकार आयोगको २५ औँ वार्षिकोत्सवका अवसरमा आयोगको गण्डकी प्रदेश कार्यालयद्वारा आज पोखरामा आयोजित कार्यक्रममा  उहाँले विधिको शासन लोकतन्त्र र मानव अधिकारको मेरुदण्ड भएको बताउनुभयो  ।

आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन् भए नभएकोबारे ख्याल गर्न जरुरी रहेको उल्लेख गर्दै उहाँले सबैले जिम्मेवारीपूर्वक आफ्नो हक प्रयोग गर्दा मात्र समतामूलक र न्यायपूर्ण समाज निर्माण गर्न सकिने बताउनुभयो  । मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्दै मानव अधिकारको सम्मान र संरक्षणमा आयोगले आफ्नो स्थापनाकालदेखि पु-याएको योगदानको चर्चा प्रमुख भट्टले गर्नुभयो ।

मानव अधिकार मानिसले जन्मसिद्ध रूपमा प्राप्त गरी स्वतन्त्रतापूर्वक उपभोग गर्न पाउने आधारभूत अधिकार रहेको र यी अधिकारहरू मानिसको मर्यादा, इज्जत र प्रतिष्ठाका लागि सिर्जित भएको उहाँको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयका प्रमुख नितु गड्तौलाले अधिकार र दायित्वको समुचित प्रयोग गर्दै मानव अधिकार मैत्री राष्ट्र र समाज निर्माणतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले लोकतन्त्र र मानव अधिकारी एक अर्काका परिपुरक भएको बताउँदै मानव अधिकार लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्नुभयो । रासस