३ पुष २०८२, बिहीबार
,
Latest
ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छः सांसद श्रेष्ठ



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा हिजोका कमजोरी सच्याउँदै आगामी दिनका लागि नीति निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बिहीवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले विपद्पछि वितरण हुने राहत वितरणका लागि एकद्वारा नीति आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले प्राकृतिक विपत्ति रोक्न नसकेपनि मानवीय कारणले हुने विपत्ति रोक्नेतर्फ सचेत र शतर्क हुनुपर्नेमा जोड दिनुभयो । विपद् न्युनिकरणका लागि पूर्वसूचना प्रणालीको विकासमा जोड दिँदै उहाँले नीति राम्रा बनेपनि कार्यान्वयन नहुँदा धेरै क्षति भोगिरहनुपरेको बताउनु भयो । सांसद श्रेष्ठले तीन तहको सरकारबीच समन्वयको अभावका कारण विपदपछि उद्धार र राहतमा समेत समस्या भएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विपद्बाट भएका क्षतिको राहत कसरी उपलब्ध गराउने भन्ने विषय नेपाल सरकारलाई हरेक वर्ष भइरहेको छ । यसप्रकारका काम भइरहँदा पनि विपद रोकिएको छैन । विपद्पछिको राहत वितरणका क्रममा बाहिर टिका टिप्पणी भइरहेका छन् । नीति व्यवहारिक रुपमा कार्यानवयन कतिको हुन्छ । हिजोका गल्ती सच्याउन सक्दैनौं । गल्तीबाट पाठ सिक्दै आगामी दिनका लागि नीति बनाउन सजिलो भएको छ । प्राकृतिक विपत्ति र मानवीय कारण । प्राकृतिक विपत्ति रोक्न सकिँदैन तर मानवीय कारणले हुने विपत्ति रोक्नका लागि सतर्क हुनुपर्छ । विपत्तिपछि यही बागमती र विष्णुमतीमा बाढी आउँछ हरेक वर्ष २ चार जनाको मृत्यु हुन्छ । घरहरु डुवान हुन्छ त्यसलाई त न्युनिकरण गर्न सकेका छैनौं भने गाउँघर वस्तीका विषय त टाढाको कुरा हो । विपद बाजा बजाएर आउँदैन । तर यो विपदलाई हामीले समयमा नै सजग भएर तयारी गरेको खण्डमा निश्चय पनि कम गर्न सकिन्छ । जस्तै भवन निर्माणका नियमलाई कडाई गर्ने । स्थानीय तहकै कार्यक्षेत्र भित्र रहेपनि । पूर्वसूचना प्रणालीको विकासमा हामी कत्तिको छ विकसित देशहरुलाई हेरेर त्यसतर्फ ध्यान दिनु जरुरी भइसकेको छ । पूर्व सूचना प्रणालीको विकासमा जोड दिनुपर्छ । नीति धेरै राम्रा बनेका छन् तर व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । विपद्का समयमा अलि बढी पहुँच भएको स्थानमा बारम्बार राहत सामग्री पुग्यो तर पहुँच नभएका ठाउँमा भने एक पटक पनि राहत पुग्न समस्या छ । त्यतातर्फपनि ध्यान दिनु उपयुक्त हुन्छ । तीन तहबीचको समन्वय अभावले विपदका समयमा तत्काल उद्ददार र राहत पुग्न सकेको छैन ।’

उहाँले विपद् व्यवस्थापनका लागि समयमै तयारी गर्ने हो भने शतप्रतिशत काम गर्नसकिने दाबी गर्नुभयो ।