७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी

महामारी नियन्त्रण र व्यवस्थापनमा सरकार सक्षम भएन : डा.महत

महामारी नियन्त्रण र व्यवस्थापनमा सरकार सक्षम भएन : डा.महत
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले देशमा बढ्दो देखिएको कोरोना महामारीको रोकथाम, नियन्त्रण तथा यसले पारेको असरको व्यवस्थापनमा सरकार सक्षम नरहेको बताएका छन् । 

नेपाली काँग्रेसद्धारा गठित एवं कोरोना महामारी अनुगमन समितिका संयोजक समेत रहेका डा.महतले भने– देशमा बेरोजगारी बढेको छ, अर्थतन्त्र निकै खस्किएको छ, मुलुकभित्रका हरेक व्यवसाय प्रत्यक्ष रुपमा मारमा परिरहेका छन् तर पनि सरकार गम्भीर छैन, आफ्नै पार्टीको विवादमा मस्त छ । 

उनले देश एकपछि अर्काेगरी ठूलो समस्यामा फस्दैछ, महामारी अहिले झन् राजधानीमा बढ्दो रुपमा छिरेको छ तर पनि सरकारले जनताका समस्याप्रति पटक्कै ध्यान नदिई महामारीको व्यवस्थापनको सट्टा आफ्नै पार्टीको विवाद व्यवस्थापनमा समय खर्चिएको बताए । 

सहमहामन्त्री डा. महतले भने– यस्तो महामरीको बेलामा पनि सरकार भने जनतालाई २५ जनाभन्दा बढी जम्मा नहुन सूचना जारी गर्छ तर आफैले आफ्नो समर्थनमा देशव्यापी रुपमा जुलुश निकाल्न लगाउँछ, योभन्दा गैरजिम्मेवार र लाजमर्दाे अवस्था अरु के हुनसक्छ ? 

महामारीले उत्पन्न गरेको समस्याप्रति सरकार जिम्मेवार र गम्भीर हुन नसकेको उनले बताए । उनले आफ्नो संयोजकत्वको समितिले देशका विभिन्न पेशा, व्यवसाय र क्षेत्रका मानिसहरुसँग भेटेर अन्तक्र्रिया गरिरहेको र त्यसक्रममा सरकारले आफ्ना सामान्य समस्याहरु पनि सरकारले नसुनिदिएको र गुनासो उनीहरुले गरेको डा.महतले बताए । 

क्वारेन्टिनको व्यवस्थापन गर्न सरकरकाले नसकेको, देशका क्वारेन्टिनहरु पनि स्थानीय तह र समुदायहरुले नै व्यवस्थापन गर्ने गरेको, समयमै पिसिआरको रिपोर्ट नदिँदा त्यहाँ बसेका नागरिक बाध्य भएर घर जानु परेको र यसका कारण त्यहाँ ठूलो समस्या उत्पन्न गर्ने गरेको पनि डा.महतले बताए । 

उनले भने–मानिस क्वारेन्टिनमा बसेको हप्तौँसम्म पनि रिपोर्ट आउँदैन, यता उनीहरु ठूलो भिडभाडमा बस्नु परिरहेको छ, त्यो भिडले ती व्यक्ति संक्रमित भइसकेका हुन्छन् अनि पछि रिपोर्ट नेगेटिभ आउँछ र घर पठाउँछ तर त्यतिञ्जेल त्यो व्यक्ति संक्रमित भइसकेको हुन्छ यस्तो अवस्था छ । 

यो अवस्था भनेको देशका मिडिया हुन् या अरु कुनै पनि उद्योग धन्दा कलकारखनाहरु प्नि बाँच्ने अथवा टिकीराख्ने अवस्था हो र त्यसका लागि राज्यले उनीहरुलाई सहुलियत दिएर टिकाउन सहयोग गर्नुपर्छ तर सरकारका तर्फबाट यस्तो सहयोग कुनै क्षेत्र, बर्ग र समुदायलाई गर्न सकेको अवस्था छैन–डा.महतले भने । 

नेपाल प्रेस युनियनद्धारा आज राजधानीमा आयोजित एक कार्यक्रममा उनले भने– महामरीको समय भएपनि जनतालाई सूचना दिनका लागि फिल्डमै खटिएर काम गर्नुपर्ने अवस्थामा देशका सञ्चारकर्मीहरु रहेकोले उनीहरु झन् ठूलो चूनौतीमा रहेको भन्दै राज्यले मिडियाकर्मीहरुलाई विशेष रुपमा हेर्नुपर्छ ।