२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखानाथ मन्दिरमा सवा लाख रोट महोत्सव सुरु



अ+ अ-

गोरखा, २९ वैशाख : प्रसिद्ध धार्मिकस्थलका रूपमा रहेको गोरखाको गोरखनाथ मन्दिरमा आजदेखि सवा लाख रोट महोत्सव सुरु भएको छ । विश्व शान्तिको कामनासहित सिद्धाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा जिल्लामा धार्मिक पर्यटक भित्र्याउने उद्देश्यसहित २२औँ सवा लाख रोट महोत्सव सुरु भएको हो ।

रोटलाई गुरु गोरखानाथको मन पर्ने खाद्य परिकारका रूपमा लिइन्छ । एघार दिनसम्म चल्ने महोत्सवको उद्घाटन कार्यक्रमका अवसरमा सदरमुकामको हरमटारी चोकबाट गोरखा दरबारस्थित गोरखानाथ गुफासम्म कलश तथा रथयात्रा निकालिएको सिद्धाश्रम शक्ति केन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिनुभयो । ‘‘ मन्दिरमा दैनिक रूपमा रोट चढाउने प्रचलन रहे पनि विगत २२ वर्षदेखि यसलाई महोत्सवका रूपमा अगाडि बढाउन थालिएको छ । महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने गरिन्छ”, उहाँले भन्नुभयो ।

गोरखनाथ पहिलोपटक गोरखाको पवित्रस्थल गोरखानाथ गुफामा प्रकट भएको विश्वास रहेको छ । सोही विश्वासका साथ मन्दिरमा रोट चढाउने प्रचलन रहँदै आएको हो । चामलको पीठो, नरिवल, ल्वाङ, अलैँची, चिनीलगायत ५२ प्रकारका मसला घ्यूमा मिसाएर पकाइन्छ ।

तत्कालीन नेपाल एकीकरणका समयमा पृथ्वीनारायण शाहले आफ्ना सेनालाई प्रसादका रूपमा एउटा रोट, एकमाना पानी खुवाएपछि भोक नलागेको र लामो समय लडाइँ लड्न सकेको भन्ने भनाइसमेत रहेको छ । यसैले रोटलाई शक्तिवद्र्धक खाद्य परिकारका रूपमा पनि लिने गरिएको छ ।

संयोजक अकेलाका अनुसार यहाँ महोत्सवमा आउने धार्मिक पर्यटकका लागि आयोजकले नै खाने, बस्ने व्यवस्था मिलाएको छ । यसपटक ५० हजारभन्दा बढी धार्मिक पर्यटक महोत्सवमा सहभागी हुने अनुमान गरिएको छ ।रासस