३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल

गैर आवासीय नेपालीलाई शेयर बजारमा प्रवेश दिन बाेर्डकाे तयारी

गैर आवासीय नेपालीलाई शेयर बजारमा प्रवेश दिन बाेर्डकाे तयारी
अ+ अ-

काठमाडौंः शेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

नीति तथा कार्यक्रमले नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय वजारलाई विकास तथा विस्तार गरी स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी एवं प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउने उद्देश्य लिई विभिन्न लक्ष्यहरु तोकेको बोर्डले जनाएको छ ।

कोरोनाभाइरस प्रसार रोक्न भन्दै सरकारले लागू गरेको लकडाउनका कारण सहज रुपमा कार्यालय संचालन हुन नसक्दा आ.व. २०७६।७७ को नीति तथा कार्यक्रम कार्यान्वयनमा कठिनाइ उत्पन्न भएको जनाउँदै बोर्डले समीक्षा वर्षमा नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०७६ जारी गरिएको, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा बुक विल्डिङ्ग विधिमार्फत् सार्वजनिक निष्काशन गर्न सक्ने, हकप्रद सेयर निष्काशनलाई थप प्रभावकारी बनाउने लगायतका व्यवस्था समावेश गरी नियमावली संशोधन गर्नुका साथै सामूहिक लगानी कोष, क्रेडिट रेटिङ्ग, मर्चेन्ट बैंकर तथा धितोपत्र दलाल व्यवसायीसम्बन्धी नियमावलीमा सामयिक संशोधन गरिएको जनाएको छ ।

बोर्डले नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से)को विद्युतीय कारोवार प्रणालीलाई धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासंग आवद्ध गरी पूर्ण स्वचालित कारोवार प्रणालीको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने, धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन प्रोत्साहन तथा सहजीकरण गर्ने, नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याई संरचनात्मक सुधार गरी धितोपत्रको दोस्रो बजार कारोवार प्रणालीलाई सुदृढ गर्ने र केन्द्रीय निक्षेप सेवा कम्पनीको स्वामित्व संरचनामा सुधार ल्याउन आवश्यक सहजीकरण गरी धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाउने बताएको छ ।

सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण गर्ने, धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश गराउने, प्राइभेट इक्वीटी फण्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरु संचालन गर्न अनुमति प्रदान गर्ने योजना बोर्डको छ ।

यस्तै भित्री सूचनाका आधारमा हुने कारोवारलाई निरुत्साहित गरी धितोपत्रको दोस्रो बजार कारोवारलाई विश्वसनीय बनाउन हाल स्वीकृतिका क्रममा रहेको भित्री कारोवार बन्देज नियमावली नेपाल सरकारबाट स्वीकृत भई आएपछि लागू गर्ने तथा धितोपत्र बजारमा गैर आवासीय नेपालीलाई प्रवेश गराउने सम्बन्धमा आवश्यक कार्यविधि तर्जुमा गर्ने योजना बोर्डको छ ।

बोर्डका अनुसार हाल सामूहिक लगानी कोष तथा कोष प्रबर्धक ११ वटा, मर्चेन्ट बैंकर ३२ वटा, धितोपत्र दलाल व्यवसायी ५० वटा तथा आस्वा सदस्य ५९ वटा रहेका छन् ।

नीति तथा कार्यक्रमकाे पूर्णपाठ