२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लक डाउन अवधिको मासिक भाडादरमा ५० प्रतिशत छुट दिने



अ+ अ-

काठमाडौं । सिभिल मल व्यवस्थापनले लक डाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ । 

विश्वमहामारीको रुपमा फैलिएको कोभिडका कारण सरकारले गरेको लक डाउन अवधिको ४ महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो । सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेले चैत देखि असारसम्म ४ महिनामा ५० प्रतिशत छुट, साउन भदौ र असोज गरी ३ महिनाको भाडामा ४० प्रतिशत छुट दिने व्यवपस्थापन पक्षसँग सहमति भएको बताउनुभयो । कार्तिकबाट एक वर्षसम्मको अवधिमा पसलहरुको प्रकृतिअनुसार ६ देखि १० प्रतिशतसम्म छुट दिने सहमति पनि व्यवस्थापनसँग बनेको उहाँले बताउनुभयो ।

सरकारले साउन ७ गतेसम्म लक डाउन जारी राख्ने निर्णय गरेपनि मलका व्यवसायीहरुले असार १ गतेबाट नै पसल सञ्चालन गरेका थिए । पसल सञ्चालन भएपनि व्यापार शून्य अवस्थामा रहेपछि उनीहरुले भाडादरमा सहुलियत दिन व्यवस्थापन पक्षसँग आग्रह गर्दै आएका थिए । सिभिल मल बचाउ अभियान नै सञ्चालन गरेर व्यवसायीहरुले असार २१ गतेबाट शान्तिपूर्ण कार्यक्रमसँगै साँचो समेत हस्तान्तरण गरेका थिए । मंगलबार मध्यरातिबाट लागु हुनेगरी सरकारले लक डाउन अन्त्यको घोषणा गरिसकेको छ । सरकारले लक डाउन खोलेपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ ।