काठमाडौं । नेकपा प्रंबक्ता नारायणकाजी श्रेष्ठले न्यायालय र सिङ्गै राज्य प्रणाली र ब्यबस्थामाथि नै प्रश्न उठ्ने गरी कामकारबाही भएको भन्दै सबैलाई सचेत हुन आग्रंह गर्नुभएको छ ।
सामाजिक सञ्जालमा आज एक स्टाटस लेख्दै श्रेष्ठले न्यायालय वाट यस्ता निर्णय किन गरिदैछ भनि प्रंश्न गर्नुभएको छ । बास र छाक टार्ने समस्याबाट पीडीत गरीब चेपाङ युवाको हत्या सवेदनशील सुरक्षा अङ्गबाट नै दर्दनाक ढङ्गले पिटी पिटी किन गरिन्छ रु सुकुम्बासी झुप्रामा आगो किन लगाईन्छ ? कथित दलित भएकै आधारमा बर्बर सामुहिक हत्या किन गरिन्छरुहद भयो ,असह्य भयो भन्दै आक्रोश ब्यक्त गर्नुभएको छ ।
न्याय स्थापित होस , दोषी माथि कार्बाही होस । यो अवाजलाई समयमै सम्बोधन गरौं र राज्यका अङ्ग हरुको लोकतन्त्र अनुरुप पुनसंरचना गरी लोकतन्त्रलाई ब्यबहारत अभ्यास गरौं र बिकास गरौं भन्दै उहाले अन्यथा निरासा,आक्रोस ,अनिश्चय र तरलता को परिणाम के होला भन्दै सबैलाई सोच्न आग्रंह गर्नुभएको छ ।
उहाले समयमै सबैले भएर सोचौं भन्दै परिणाम सधैं सकारात्मक नै हुन्छ भन्न नसकिने उल्लेख गर्नुभएको छ ।











