कालिकोट । कालिकोटमा पहिरोले घर बगाउदा पाँच जना वेपत्ता भएका छन । जिल्लाको रास्कोट नगरपालिका-१ लहरेला बडोलतोलामा आएको पहिरोले स्थानीय जयबहादुर शाहीको घर बगाउदा घरमा रहेका पाँच जना वेपत्ता भएका हुन्।
अविरल वर्षाका कारणले सोमबार राति घरको माथिवाट आएको पहिरोले घरै बगाएर लगेपछि घरमा सुतिरहेका जयबहादुरका छोराछोरी र श्रीमतिसहित पाँच जना वेपत्ता भएको स्थानीय कालिविक्रम शाहीले बताए ।
अहिले वेपत्ताको खोजी कार्यका लागि प्रहरी प्रशासन, नगरपालिका, स्थानीयलगायतले खोजिकार्य गरिरहेका छन् ।










