१६ असार २०८३, मंगलवार
,
Latest
शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित पहिराले दार्चुला–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता भारी वर्षाको पूर्वानुमानपछि झापामा उच्च सतर्कता दोहामा वार्ताका लागि इरानले प्रश्ताव गरेको ट्रम्पको दाबी, इरानद्वारा खण्डन अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पाकिस्तानी हवाई आक्रमणः ३६ जनाको मृत्यु, १६३ घाइते एक हजार ५९२ सवारीसाधन कारबाही, बीस लाख २४ हजार राजस्व संकलन तीन करोड ५१ लाखभन्दा बढीको अवैध सामग्री बरामद बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि



अ+ अ-

काठमाडौं । प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेंलो धातुमध्ये ५ सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि गरेको छ । 

मंगलबार विहान बरामद १५ किलो पहेंलो धातु परीक्षण गर्दा ५ सय ग्राम (आधा किलो) मात्रै सक्कली सुन भएको पुष्टि भएको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले १५ किलो पहेंलो धातुमा आधा किलो मात्रै सुन भएको बताउनुभयो । बाँकी साढे १४ किलोग्राम चाँदी र बाहिर जलप लगाएको पुष्टि भएको पत्रकार सम्मेलन मार्फत बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘१५ किलो सुनजस्तो देखिने पहेंलो वस्तु बरामद भएको थियो । जाँचका लागि सुनचाँदी व्यवसायी संघमा पठाइएकोमा उक्त धातु मध्ये अहिलेको मूल्य अनुसार ४२ लाख ९ हजार ५ सय रुपैयाँ बराबरको आधा किलो सुन र बाँकी १५ लाख ५६ हजार ४ सय मूल्य बराबरको चाँदी रहेको पाइयो ।’’

प्रहरी मंगलबार विहान कृष्ण पाउनरोटी नजिक चेकजाँच छलेर भागेको बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडीको पिछा गर्ने क्रममा फालेको सेतो रंगको झोलामा उक्त धातु बरामद गरेको थियो । झोलामा अवैध हतियार समेत फेला परेको छ । माउजर लेखिएको २ थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने २ थान म्यागजिन पनि बरामद भएको छ ।