१६ असार २०८३, मंगलवार
,
Latest
कालीमाटी बजारमा रायोको सागमा उच्च विषादी भेटियो, नष्ट गर्न निर्देशन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ पहिराले कान्ति लोकपथ अवरुद्ध समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल लोकतन्त्र सुदृढीकरणका लागि संस्थाहरूको प्रभावकारिता र उत्तरदायित्व आवश्यकः अध्यक्ष दाहाल मोरक्कोले नेदरल्यान्ड्सलाई हराउँदै विश्वकपको अन्तिम १६ मा प्रवेश संसदीय बहसलाई तथ्यमा आधारित र परिणाममुखी बनाउनुपर्नेमा अध्यक्ष दाहालको जोड संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे राष्ट्रिय प्रकृति संरक्षण कोषमा ३ जना विख्यात विज्ञ तथा व्यक्तित्वहरू सदस्यमा मनोनित
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री साँझ अकस्मात बामदेव निवास भैंसेपाटीमा !



अ+ अ-

काठमाडौं । पार्टीको आन्तरिक विवादले नयाँ मोड लिएको समयमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टी उपाध्यक्ष बामदेव गौतम निवास ललितपुरकाे भैंसेपाटी पुग्नुभएको छ ।

साँझ पौने आठ बजे गौतम निवास पुग्नुभएका ओलीले मंगलबार दिउँसो बालुवाटारमा नै भएको केही स्थायी समितिका सदस्यहरुको छलफल र बामदेव गौतमले अगाडी सारेको ६ बुँदे प्रस्तावका  बारेमा छलफल गर्नुभएको छ ।  

पार्टीको विवाद बढ्दै गएपछि खासै बालुवाटारबाट बाहिर ननिस्कनु भएका प्रधानमन्त्री ओली नेता गौतमले सार्वजनिक गरेको ६ बुँदे प्रस्ताव पनि उहाँसँग छलफल गर्न गौतम निवास भैंसेपाटी पुग्नु भएको हो ।  

पत्नी राधीका शाक्य सहित पुग्नु भएका प्रधानमन्त्री ओलीसँग नेता गौतम र महासचिव पौडेलबीच छलफल भएको छ ।  

बामदेव गौतमले आफूलाइ खुल्ला रुपमा साथ दिएपछि उत्साहित बन्नु भएका प्रधानमन्त्री ओलीले आफ्ना चर्को आलोचक पूर्व एमाले र पूर्व माओवादीका अधिकांश नेताहरुसँग एक्लाएक्लै सम्बाद गर्नुभएपछि पार्टीभित्र उहाँ बलियो हुँदै जानु भएको छ ।