बागलुङ। यहाँको बागलुङ नगरपालिका–४ ढोडेनीमा करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ । १७ वर्षीय शिव थापा मगरको आज साँझ ४ः३० बजे करेन्ट लागेर मृत्यु भएको हो ।
बारीमा घाँस काट्ने क्रममा रुखको हाँगाले ३३ हजार केभी प्रसारण लाइनको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते हुनुभएका थापालाई उपचारका लागि धौलागिरि अस्पताल पु¥याइएको थियो । अस्पताल ल्याएको केही समयमै डाक्टरले मृत घोषणा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिनुभयो ।
थापाको शवलाई शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रनाउ यादवले बताउनुभयो । रासस










