२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा खड्ग केसीलाई



अ+ अ-

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा खड्ग केसीलाई नियुक्त गरेको छ ।

केसी हाल विश्वविद्यालयको शिक्षाध्यक्ष (रेक्टर) हुन् ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज केसीलाई कार्यवाहक रहने गरी अर्को व्यवस्था नहुन्जेलसम्मका निम्ती जिम्मेवारी तोकेका हुन ।

यसअघि उपकुलपति केशरजंग बरालले राजीनामा दिएपछि उपकुलपति पद रिक्त छ ।

शिक्षाध्यक्षको जिम्मेवारीमा आएपछि केसीले विश्वविद्यालयको शैक्षिक तथा प्राज्ञिक कामलाई व्यवस्थित र सुधार गर्दै आएका छन् ।

जापानको सरकारी छात्रवृत्तिमा नागासाकी विश्वविद्यालयबाट मास्टर्स, पिएचडी र पोस्ट डॉक्टरेट प्राप्त उनी विभिन्न विदेशी विश्वविद्यालयमा ‘भिजिटिङ प्रोफेसर र ‘फरिन पोलिसी फेलो हुन ।

चीनको सांघाई विश्वविद्यालय, सिचुवान विश्वविद्यालय, युनान विश्वविद्यालयमा आमन्त्रित प्राध्यापक तथा सार्क विश्वविद्यालय नयाँदिल्लीको बोर्ड सदस्य हुन ।थुप्रै अन्तर्राष्ट्रिय जर्नलको सम्पादकमण्डलमा रहिसक्नुभएका प्राध्यापक केसी त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति बिभागको स्थापना र नेतृत्व गर्दै बिभागलाई नयाँ उचाईमा पुर्याउनु सफल प्राध्यापक हुन ।