२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बर्षको पूर्वसन्ध्यामा कन्याममा रमाउँदै विदेशी कूटनीतिज्ञहरु



अ+ अ-

इलाम: परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोगका प्रमुख तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनहरुका प्रतिनिधि तथा राजदूतहरुका लागि आयोजना गरिएको रिट्रिट कार्यक्रम अन्तर्गत आइतबार इलामको कन्याममा कूटनीतिज्ञहरु रमाएका थिए ।

उनीहरुले कन्याममा परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग तस्बिर लिनुका साथै विभिन्न जातजातिका भेषभूषामा सजिएका थिए । साथै कतिपय राजदूतहरु कन्यामका विभिन्न स्थानमा घोडचडीमा पुगेर रमाएका थिए । यस कार्यक्रममा बेलायत, जापान, अष्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत एवं मिसन प्रतिनिधिहरु रहेका छन् ।

केही समय कन्यामको सुन्दरता र चियाबारीको आकर्षणलाई तस्बिरमा कैद गरिरहेका उनीहरुले त्यसलगत्तै घोडामा चढेर कन्यामको परिक्रमा गरेका थिए । नयाँ बर्षको पूर्वसन्ध्यामा परराष्ट्र मन्त्रालयले नेपाल पर्यटन बोर्ड र इलामको सूर्याेदय नगरपालिकाको समेत सहआयोजनामा नेपाल स्थित विदेशी मिसनका प्रमुख र प्रतिनिधिका लागि यो कार्यक्रमको आयोजना गरेको छ ।

खासगरी नेपालको पर्यटन प्रवर्धनका लागि इलामको विशेषता यहाँको स्थानियताको परिचय दिई यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो ।

आज र भोलिसम्मका लागि आयोजना गरिएको यो कार्यक्रममा परराष्ट्रमन्त्री डा राणा र परराष्ट्र सचिव अमृत बहादुर राई लगायत सहभागी हुनुभएको परराष्ट्रमन्त्री डा राणाका प्रेस सल्लाहकार एकराज पाठकले जानकारी दिए ।